मापसे गरेर पैनीमा लडेकी महिलाको मृत्यु 



विराटनगर : मोरङको सुन्दरहरैंचा नगरपालिका ६ मा मादक पदार्थ सेवन (मापसे) गरेर पैनीमा लडेकी एक महिलाको मृत्यु भएको छ । 

मापसे गरेर लडेपछि उठ्न नसकेकी ५३ वर्षीया जीतमाया लिम्बूको घरनजिकैको पैनीमा रहेको पानीमा डुबेर मृत्यु भएको प्रहरी चौकी गछियाले जनाएको छ । 

प्रहरीका अनुसार पानीमा डुबेको अवस्थामा बुधबार बिहान शव फेला परेको हो । गाउँतिर गएकी उनी मापसे गरेर मंगलबार साँझ घर फर्कंदै गर्दा लडेर पानी बगिरहेको पैनीमा खसेको र उठ्न नसक्दा त्यहीं डुबेर मृत्यु भएको प्रारिम्भक अनुसन्धानबाट खुलेको प्रहरी नायव निरीक्षक रामकाजी कटवालले बताए । 

शव पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारे अस्पतालमा लगिएको छ । 

 

प्रतिक्रिया दिनुहोस्