‘नेपाल र भारतको सम्बन्ध हिमालझै अटल छ’


इनरुवा : नेपाल र भारतको सम्बन्ध हिमला झै अटल र गङ्गाझै पवित्र रहेको नेपाल र भारतका अधिकारीले जोड दिएका छन । भारत बिहार राज्यको सुपौल जिल्लास्थित वीरपुर र दरभङ्गा जिल्लाको दरभङगामा भएको द्विपक्षीय बैठक तथा सहभ्रमण कार्यक्रमलाई सम्बोधन गर्दै अधिकारीहरुले सो कुरा बताएका हुन ।

भारत बिहार राज्य सुपौल जिल्ला वीरपुर अनुमण्डका एसडिएम सुभाषकुमारले नेपाल भारतको सम्बन्ध बेटी रोटीको जस्तै भएको बताए । उनले दुई देशको सम्बन्ध बेटी रोटीकै भएका कारण अन्य मुलुकमा जानका लागि प्रवेशआज्ञा र राहदानी लगाइए पनि नेपाल र भारतकालाई आवश्यक नभएको उल्लेख गरे ।

दुई देशको सम्बन्ध अटुटभएकै कारणले दुई देशका नागरिकले खुला रूपमा आवतजावत गर्न सकिरहेका एसडिएम सुभाषकुमारले बताए । उनले दुई देशमा कुनै किसिमको समस्या भए आपसी छलफल र वार्ताबाट समाधान गर्न सकिनेमा जोड दिए ।

इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले नेपाल र भारतको सम्बन्ध हिमालझै अटल र गङ्गाझै पवित्र भएको बताए । प्रमुख मेहताले भारती अधिकारीलाई नेपाल भ्रमण गर्नका लागि निम्तोसमेत दिए । उनले नेपालमा अहिले भ्रमणवर्ष चलिरहेकाले भ्रमणका लागि एसडिएम सुभाषकुमारलाई आग्रह गरे । नगर प्रमुख मेहताले भ्रमण वर्षका अवसरमा पोखरा, काठमाडौँको पशुपतिनाथलगायगका क्षेत्रमा भ्रमण गराउन र स्वागत गर्नका लागि आफू तयार रहेको बताए ।

भ्रमण वर्षलाई लक्षित गरेर छिट्टै आफूहरुले नेपालका विभिन्न ठाउँको भ्रमण गर्ने एसडिएम सुभाषकुमारले प्रमुख मेहता समक्ष प्रतिबद्धता व्यक्त गरे । सोही कार्यक्रममा बोल्दै भारत बिहार सुपौल जिल्ला वीरपुरका एएसपी रमानन्दकुमार कौसलले सीमा क्षेत्रमा दुवै देशका नागरिकमा केही समस्या भएकाले यसको समाधानका लागि आग्रह गरे ।

विवाह, व्रतबन्धलगायतका बेला नेपाली वा भारतीय क्षेत्रका नागरिकले कुनै पनि सामग्री आयात निर्यात गर्दा समस्या हुने भएकाले यसको समाधानका लागि पहल गर्नुपर्नेमा उनले जोड दिए । भारतको दरभङ्गा जिल्लाको दरभङ्गामा रहेको दरभागा राजाको सङ्ग्रहालय, विवेकानन्द क्यान्सर रिसर्च सेन्टरलगायतको क्षेत्रको अवलोकन गराइएको थियो ।

कार्यक्रम नेपाल भारतमैत्री सङ्घ इनरुवा सुनसरी र अनुमण्डलीय जनचेतना समिति भारत वीरपुरको समन्वयमा भएको थियो । कार्यक्रममा नेपाल भारतमैत्री सङ्घका अध्यक्ष हेमराज पोखरेल, सन्तोषदेव, गिरीराज अटल, कृष्ण दाहाल, राससकर्मी अजितकुमार झा, सीताराम पौदार पुरुषोत्तम घिमिरे लगायतको सहभागिता रहेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : गृहमन्त्रालयले ७ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित १६ जना सहसचिव र उपसचिवको सरुवा तथा

काठमाडौँ : भारतीय विदेश मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै गौतम बुद्ध नेपालमा जन्मिएकोमा कुनै

काठमाडौं : काठमाडौं उपत्यकामा आइतबार ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकामा एक हप्ताका लागि लगाइएको निषेधाज्ञाको समयअवधि समाप्त भएपछि पुनः एक हप्ताका

पर्सा : पर्सामा ९ प्रहरीसहित ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको

पर्सा– उपचार नपाएर ज्यान गुमाएकी वीरगन्ज २ छपकैयाकी २० बर्षिय विष्णु लामाका आफन्तले नारायणी अस्पतालमा

काठमाडौं– भारतले नेपाललाई भेन्टिलेटर सहयोग गरेको छ । आइतबार जंगी अड्डामा आयोजित एक कार्यक्रमका बीच

काठमाडौं– विश्व आदिवासी दिवसका दिन प्रधानमन्त्री केपी शर्मा ओलीले सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना

आन्ध्र प्रदेश– कोरोना संक्रमित विरामीहरू राखिएको आन्ध्र प्रदेशको विजयवाडामा स्वर्ण प्यालेस होटलमा आगो लाग्दा ७

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बुद्धको जन्मस्थानबारे भारतीय विदेशमन्त्रीले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ।

काठमाडौं : वीरगञ्जमा ७ अस्पताल चार्हादाचार्हादै मृत्यु भएकी २० वर्षीया युवतीमा कोरोना संक्रमण पुष्टि भएको