फेरि पनि सलाह अफ्रिकन वर्ष खेलाडी



एजेन्सी : मोहम्मद सलाहले लगातार दोस्रो पटक अफ्रिकन वर्ष खेलाडी बनेका छन् । लिभरपुलका फरवार्डर सलाहले लिभरपुलकै सहयात्री सेनेगलका साडियो माने र गाबोन तथा आर्सनलका फरवार्ड पिएरे इमेरिक औबमेयाङलाई पछि पार्दै उपाधि जितेका हुन् । 

इजिप्टका सलाहले यसअघि बीबीसी अफ्रिकन वर्ष खेलाडी अवार्डसमेत जितेका थिए । ‘मैले सानै उमेरदेखि यो अवार्ड जित्ने सपना देखेको थिएँ । आज लगातार दोस्रो पटक यो अवार्ड हात पार्न सफल भएको छु,’ सलाहले प्रतिक्रिया दिएका छन् । सलाहले गत सिजनमा लिभरपुलका लागि ४४ गोल गरेका थिए । उनकै प्रदर्शनको सहयोगमा इजिप्ट विश्वकपको समूह चरणमा स्थान बनाउन सफल भएको थियो । 

यस्तै महिलातर्फ दक्षिण अफ्रिकाकी थेम्बी गाट्लानाले अफ्रिकन वर्ष खेलाडीको अवार्ड जितेकी छन् ।

प्रतिक्रिया दिनुहोस्