नापी कार्यालयका सर्वेक्षक साह सात हजार घुससहित पक्राउ



मोरङ : नापी कार्यालय मोरङमा कार्यरत सर्वेक्षक दिनेशकुमार साह सात हजार घुससहित पक्राउ परेका छन् ।

सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साहलाई जग्गा नापी गरी सिमाङ्कन गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिँदै गर्दा पक्राउ गरेको हो ।

आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले उनलाई सेवाग्राहीसँग लिएको घुस रकमसहित बेलबारी नगरपालिका–१० भाउन्ने चोकबाट नियन्त्रणमा लिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्