उपचारका लागि नेता पौडेल दिल्ली प्रस्थान



काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल स्वास्थ्य उपचारका लागि नयाँदिल्ली प्रस्थान गरेका छन् ।

रक्तचापको बिरामी रहेका पौडलले नेपालकै अस्पतालमा उपचार गराए पनि उनी थप उपचारका लागि हिजो सोमबार दिल्ली गएका हुन्। नेपालका अस्पतालमा गरिएको परीक्षणमा फरकफरक रिपोर्ट देखिएका कारण उनी दिल्ली गएको उनको सचिवालयले जनाएको छ।

दिल्ली जानुअघि पौडेलले सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए। दिल्लीमा रहँदा उनले राजनीतिक भेटसमेत गर्ने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्