आफैंले लगाएको डढेलोले महिलाको ज्यान गयो



बेसीशहर : खरबारीमा आफैँले लगाएको आगोको मुस्लोमा जलेर एक महिलाको मृत्यु भएको छ । आगोले पोलेर घाइते भएकी मस्र्याङ्दी गाउँपालिका–५ सञ्जापु गाउँकी ५७ वर्षीया मैती गुरुङको बुधबार उपचारका क्रममा मृत्यु भएको हो ।

 

मंगलबार बेलुका घर नजिकैको खरबारीमा नयाँ घाँस पलाउने लोभमा मैतीले नै आगो सल्काएको स्थानीयहरु बताउँछन् । खरबारीको आगो आलैंचीबारीमा आएपछि नियन्त्रण गर्ने क्रममा आगोको मुस्लोले उनलाई पनि पोलेको हो ।

 

वडाध्यक्ष लेखमान गुरुङका अनुसार उपचारका लागि लमजुङ जिल्ला सामुदायिक अस्पताल हुँदै पोखरास्थित मणिपाल शिक्षण अस्पताल पुर्‍याइएको थियो । उपचारकै क्रममा बुधबार बिहान मैतीको मृत्यु भएको बुहारी सुनिता गुरुङले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्