लागूऔषध मुद्दाका अभियुक्तलाई दुई वर्ष कैद


दमौली : तनहुँ जिल्ला अदालतले लागूऔषध मुद्दाका एक अभियुक्तलाई दुई वर्ष कैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको सोमबारको इजलासले शुक्लागण्डकी नगरपालिका–४ बस्ने कृष्ण प्रजापतिलाई दुई वर्ष कैदको फैसला गरेको हो ।

साथै उनलाई रु एक लाख जरिवाना गर्ने फैसलासमेत भएको जिल्ला अदालतका श्रेस्तेदार सुदर्शन खनालले जानकारी दिए । सोही मुद्दामा पक्राउ परेका शुक्लागण्डकी नगरपालिका–४ बस्ने धतुरे भन्ने आशिष श्रेष्ठ, सोही नगरपालिका–३ बस्ने प्रेम भन्ने सुरज थापा, वडा ४ बस्ने टाटे भन्ने प्रकाश परियार,वडा–३ बस्ने हरि माककाले भन्ने मार्क श्रेष्ठ र रुपन्देही सम्मरीमाई गाउँपालिका–७ बस्ने अजयकुमार यादवलाई रु दुई हजार जरीवानाको फैसला गरेको उनले बताए ।

साथै शुक्लागण्डकी नगरपालिका–३ बस्ने मेन्टल भाइ भन्ने विकास मगरले भने अदालतबाट सफाइ पाएका छन् । निजहरुविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँले गत वैशाख ३० गते जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो । (रासस)

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : गृहमन्त्रालयले ७ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित १६ जना सहसचिव र उपसचिवको सरुवा तथा

काठमाडौँ : भारतीय विदेश मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै गौतम बुद्ध नेपालमा जन्मिएकोमा कुनै

काठमाडौं : काठमाडौं उपत्यकामा आइतबार ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकामा एक हप्ताका लागि लगाइएको निषेधाज्ञाको समयअवधि समाप्त भएपछि पुनः एक हप्ताका

पर्सा : पर्सामा ९ प्रहरीसहित ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको

पर्सा– उपचार नपाएर ज्यान गुमाएकी वीरगन्ज २ छपकैयाकी २० बर्षिय विष्णु लामाका आफन्तले नारायणी अस्पतालमा

काठमाडौं– भारतले नेपाललाई भेन्टिलेटर सहयोग गरेको छ । आइतबार जंगी अड्डामा आयोजित एक कार्यक्रमका बीच

काठमाडौं– विश्व आदिवासी दिवसका दिन प्रधानमन्त्री केपी शर्मा ओलीले सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना

आन्ध्र प्रदेश– कोरोना संक्रमित विरामीहरू राखिएको आन्ध्र प्रदेशको विजयवाडामा स्वर्ण प्यालेस होटलमा आगो लाग्दा ७

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बुद्धको जन्मस्थानबारे भारतीय विदेशमन्त्रीले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ।

काठमाडौं : वीरगञ्जमा ७ अस्पताल चार्हादाचार्हादै मृत्यु भएकी २० वर्षीया युवतीमा कोरोना संक्रमण पुष्टि भएको