शहीद स्मारक लिग : मछिन्द्र क्लब शीर्ष स्थानमा


काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिगको छैटौँ चरणको खेल सकिनलाग्दा मछिन्द्र क्लब १३ अङ्कका साथ शीर्ष स्थानमा रहेको छ । मछिन्द्रले हालसम्म छ खेलमध्ये चारमा जीत तथा चार खेल बराबरी खेलेको छ ।

यस्तै पाँच खेलमा चारमा जीत तथा एकमा हार बेहोरेको त्रिभुवन आर्मी क्लब १२ अङ्कसहित लिगको दोस्रो स्थानमा छ । मनाङ मस्याङ्दी क्लब तेस्रो स्थानमा छ । मनाङले छ खेलमा तीनमा जीत तथा तीनमा बराबरी खेलेको छ । उसले १२ अङ्क प्राप्त गरेको छ । तीन खेलमा जीत, दुईमा हार र एउटामा बराबरी खेलेको थ्री स्टार १० अङ्कसहित चौथो स्थानमा छ भने दुई खेलमा जीत, एकमा हार तथा तीन खेलमा बराबरी खेल्दै नौ अङ्कका साथ जावलाखेल पाँचौं स्थानमा छ ।

यसैगरी न्युरोड टिम तीन खेलमा जीत, दुईमा हार र एक खेलमा बराबरी खेल्दै आठ अङ्कका साथ छैटौँ स्थानमा छ । नेपाल पुलिस क्लब दुई खेलमा जीत, दुईमा हार तथा दुईमा बराबरी खेल्दै आठ अङ्कसहित सातौँ, सङ्कटा क्लब दुई खेलमा जीत, दुईमा हार तथा एउटामा बराबरी खेल्दै सात अङ्कसहित आठौँ, ब्रिगेड ब्वाइज क्लब दुई खेलमा जीत, तीनमा हार तथा एक खेलमा बराबरी खेल्दै सात अङ्कसहित नवौँ, च्यासल युथ क्लब एक खेलमा जीत, दुईमा हार तथा तीन खेलमा बराबरी खलेर छ अङ्कका साथ १०औँ, सशस्त्र प्रहरी बलको एपीएफ क्लब एउटामा जीत, तीनमा हार र एकमा बराबरी खेल्दै पाँच अङ्कसहित ११औँ स्थानमा, फ्रेन्डस् क्लब एक खेलमा जीत, तीनमा हार र दुई खेलमा बराबरी खेलेर पाँच अङ्कका साथ १२औँ, हिमालयन शेर्पा क्लब दुई खेलमा हार तथा चारमा बराबरी खेल्दै चार अङ्कका साथ १३औँ तथा सरस्वती युथ क्लब पाँच खेलमा हार तथा एक खेलमा बराबरी खेल्दै लिगको पुछारमा रहेको छ ।

छैटौँ चरणको आज अन्तिम खेल हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा त्रिभुवन आर्मी क्लब र सङ्कटा क्लबबीच खेल हुनेछ । आजको खेल जिते आर्मी १५ अङ्कका साथ लिगको शीर्ष स्थानमा पुग्नेछ । उक्त खेल सङ्कटाले जिते नौ अङ्कसहित पाँचौँ स्थानमा उक्लने छ । (रासस)

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

एजेन्सी : चीनले दुई दिनमा नै हजार शय्याको अस्पताल तयार पारेको छ । वुहान प्रान्त

कर्णाली : उद्यममा लागेका कर्णालीका महिलाले चुलोचौकाको दायराबाट बाहिर आएर समाजमा अलग्गै पहिचान स्थापित गरिरहेका

जनकपुरधाम : धनुषामा सवारी दुर्घटनामा परि दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बुधवार दिउँसो

काठमाडौं : सर्वसाधारणको स्वास्थ्य उपचारका लागि सहज पहुँच पुर्याउने उद्देश्यले स्वास्थ्य सेवाका क्षेत्रमा सहयोग गर्दै

काठमाडौं : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दोस्रो केन्द्रीय कमिटी बैठक काठमाडौँको राष्ट्रिय सभागृहमा

तनहुँ : जिल्लाको देवघाट गाउँपालिका–२ स्थित व्यागनमा रहेको सर्वोदय आधारभूत विद्यालयको एउटा कोठामा वडा नम्बर

काठमाडौं : आज (बुधबार) राजधानीका विभिन्न ठाउँमा दिनभरि बत्ती जाने भएको छ । बुधबार बिहान

काठमाडौं : ल्याटिन अमेरिकामा भूकम्प गएको छ । जमैकाको समुन्द्री तट र पूर्वी क्युबाको बीचमा

१) विहानको चिसोमा मर्निङ वाक नगरौँ हिजो आज विहानको मौसम अत्यधिक चिसो हुने भएकोले मर्निङ

जनकपुरधाम : प्रदेश २ मा सरकार परिवर्तनको चर्चा चलिरहेका बेला एक राज्यमन्त्रीले राजीनामा दिएकी छिन्।

बर्दिया : प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विप्लव समूहका कार्यकर्तालाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली

काठमाडौं : गायिका आस्था राउत रिहा भएकी छिन् । उनी मंगलबार चार हजार रूपैयाँ धरौटीमा