बसमा युवतीको टाउकोमाथि हस्तमैथुन गर्ने युवक यसरी परे प्रहरी फन्दामा



काठमाडौं : अघिल्लो वर्ष काठमाडौंका सार्वजनिक यातायातमा हिडेका एक महिलाको टाउकोमा हस्तमैथुन गरी विर्य स्खलन गरेको भिडियोले चर्चा पाएको थियो । त्यस्तो निकृष्ट हर्कत कसले र किन गर्यो भन्ने कौतुहलतालाई नेपाल प्रहरीले मेटाउने काम गरेको छ । हालै त्यस्तो हर्कत गर्ने युवकलाई चितवनबाट पक्राउ गरेको छ । रविन सार्की भन्ने रबिन रुचाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई चितवन हाकिमचोकबाट पक्राउ गरिएको हो । उनलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।

त्यसबेला त्यो भिडियोले तहल्का नै मच्चाएको थियो । तर, अहिले एउटा दुर्व्यवहार को पनि पराकाष्ट नाघेको एउटा भिडियोले पुरुषहरुको एउटा भिडियोले सामाजिक सञ्जालमा चर्चा मात्र पाएको थिएन, महिलामाथि काठमाडौंका सार्वजनिक सवारीसाधनमा कतिसम्मको यौनजन्य दुर्व्यवहार हुन्छ भन्ने घटनालाई प्रष्ट पारेको थियो ।

त्यसबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको उक्त भिडियोका कारण मानिसहरु निकै आक्रोशित बनेका थिए । त्यसबेला एक व्यक्तिले ललितपुरको डल्लु–लगनखेल रुटमा चल्ने अनुमान गरिएको सार्वजनिक यातायातभित्रै हस्तमैथुन गरेर युवतीको कपालमा वीर्य स्खलन गरेको भिडियोका कारण मानिसहरु आक्रोशित बनेका थिए ।

अपराध गर्ने व्यक्तिले नै खिचेको उक्त भिडियोमा देखिए अनुसार बस बिसौनीमा बिसाइरहेको एउटा खाली बसमा महिला चढ्दै गर्दा ती पुरुष पनि चढ्छन् र पछाडि बस्न नपाउँदै आफ्नो पाइन्ट खोलेर अनैतिक क्रियाकलाप गर्न थाल्छन् । उनले बारम्बार आफ्नो क्यामरा ती महिलातर्फ देखाउँछन् । तर, ती महिलाले आफ्नो पछाडि के भइरहेको छ, थाहा पाउँदिनन् । महिलाको कपालमा वीर्य स्खलन गरेपछि उक्त भिडियो समाप्त हुन्छ ।

आफूले खिचेको भिडियो सामाजिक सञ्जालमा अपलोड गरेपछि यसमा धेरैले आपत्ति मात्र जनाएनन् , यस्तो हर्कत गर्ने व्यक्तिको खोजी गरी तत्काल कडा भन्दा कडा कार्वाही गर्नुपर्ने प्रतिक्रिया दिएका थिए ।

पूर्व मिस नेपाल माल्भिका सुब्बाले पनि यस्ता घट्नाले आफ्नो रगत उम्लिने गरेको प्रतिक्रिया दिएकी थिईन । उनले आफ्नो आधिकारिक फेसबुकमा लेखेकी थिईन, ‘पुरुषले सार्वजनिकस्थलमा हस्तमैथुन गरेको भिडियो आफैंले खिचेर प्रतिष्ठाको रुपमा पोष्ट गरेको घटना साँचो हो ?

मैले यो भिडियो त हेरेकी छैन तर, यसबारे समाचारहरु फैलिरहेका छन् । यस घटनाबारे मूलधार पत्रिकाले कुनै समाचार बनाएका छैनन् र घटनापछि कुनै रिपोर्ट गरिएको बारे पनि कुनै खबर आएका छैनन् । हामीले सार्वजनिक यातायात सुरक्षित बनाउनुपर्छ र महिलालाई लड्न सिकाउनुपर्छ । यस्तो घटनाबारे सुन्दा मेरो रगत तात्छ । ’
यसरी प्रतिकृया जनाएको ठ्याक्कै एक वर्षमा ती हर्कत गर्ने युवा पक्राउ परेका हुन । अब प्रहरीले उनलाई कस्तो कारबाही गर्ला त्यो चाहि हेर्न बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्