मेयरकप फुटबल हुने


बागलुङ : आगामी माघ १६ गतेदेखि २२ गतेसम्म बागलुङमा मेयरकप फुटबल आयोजना हुने भएको छ । बागलुङ नगरपालिकाको आयोजना र जिल्ला फुटबल सङ्घको संयोजनमा राष्ट्रियस्तरको मेयर कप फुटबलको आयोजना गर्न लागिएको नगरप्रमुख जनकराज पौडेलले जानकारी दिए ।

“खेलको प्रवद्र्धनमार्फत आन्तरिक पर्यटक बागलुङ ल्याउने हाम्रो मनसाय हो”, उनले भने, “खेलकूदबाट बागलुङलाई चिनाउन राष्ट्रियस्तरको मेयरकप आयोजन गर्न थालिएको हो ।”

नगरपालिकाले प्रतियोगिता सम्पन्न गर्न रु २१ लाख ९६ हजार ११० बजेट विनियोजन गरेको छ । १२ देखि २० समूहले सहभागिता जनाउने अपेक्षा गरिएको फुटबल सङ्घका अध्यक्ष रामराज गुरुङले जानकारी दिए । प्रतियोगिताको विजेताले उपाधिसहित रु तीन लाख प्राप्त गर्नेछ । उपविजेताले रु दुई लाख र सेमिफाइनल पुग्ने टिमले रु ६०–६० हजार प्राप्त गर्नेछन् ।

यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले रु १० हजार र विधागततर्फ उत्कृष्ट फरवार्ड, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले समानस्वरुप रु पाँच हजारका दरले पुरस्कार पाउने छन् । यस्तै प्रतियोगितामा म्यान अफ दि म्याच हुने खेलाडीले रु दुई हजार प्राप्त गर्नेछन् ।

यसैगरी दुई आश्रममा रहेका बेसाहारालाई रु ४० लाख बराबरको न्यानो कपडा वितरण गरिएको छ । कोरियामा रहेका नेपालीको सक्रियतामा न्यानो कपडा ब्लाङ्केट वितरण गरिएको सुमन केसीले जानकारी दिए । “यो जाडोमा आश्रय लिएर बसेका बेसाहारा तथा असाहाय नागरिकलाई जाडोमा न्यानो पार्ने प्रयास गरेका छौँ”, उनले भने, “कोरियामा पसिना बगाउँदै आएका नेपालीको देशप्रतिको सानो माया मात्रै हो ।” (रासस)

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

एजेन्सी : चीनले दुई दिनमा नै हजार शय्याको अस्पताल तयार पारेको छ । वुहान प्रान्त

कर्णाली : उद्यममा लागेका कर्णालीका महिलाले चुलोचौकाको दायराबाट बाहिर आएर समाजमा अलग्गै पहिचान स्थापित गरिरहेका

जनकपुरधाम : धनुषामा सवारी दुर्घटनामा परि दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बुधवार दिउँसो

काठमाडौं : सर्वसाधारणको स्वास्थ्य उपचारका लागि सहज पहुँच पुर्याउने उद्देश्यले स्वास्थ्य सेवाका क्षेत्रमा सहयोग गर्दै

काठमाडौं : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दोस्रो केन्द्रीय कमिटी बैठक काठमाडौँको राष्ट्रिय सभागृहमा

तनहुँ : जिल्लाको देवघाट गाउँपालिका–२ स्थित व्यागनमा रहेको सर्वोदय आधारभूत विद्यालयको एउटा कोठामा वडा नम्बर

काठमाडौं : आज (बुधबार) राजधानीका विभिन्न ठाउँमा दिनभरि बत्ती जाने भएको छ । बुधबार बिहान

काठमाडौं : ल्याटिन अमेरिकामा भूकम्प गएको छ । जमैकाको समुन्द्री तट र पूर्वी क्युबाको बीचमा

१) विहानको चिसोमा मर्निङ वाक नगरौँ हिजो आज विहानको मौसम अत्यधिक चिसो हुने भएकोले मर्निङ

जनकपुरधाम : प्रदेश २ मा सरकार परिवर्तनको चर्चा चलिरहेका बेला एक राज्यमन्त्रीले राजीनामा दिएकी छिन्।

बर्दिया : प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विप्लव समूहका कार्यकर्तालाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली

काठमाडौं : गायिका आस्था राउत रिहा भएकी छिन् । उनी मंगलबार चार हजार रूपैयाँ धरौटीमा