अस्कर अवार्डमा ‘जोकर’ ११ विधामा नोमिनेटेड



एजेन्सी : यस वर्षको अस्कर पुरस्कारको घोषण गरिएको छ । फिल्म जोकरले सबै भन्दा धेरै ११ विधामा मनोनित भएको छ ।

जोकरलाई बेस्ट फिल्म, बेस्ट निर्देशक, बेस्ट एक्टरसँगै अन्य आठ अन्य विधामा नेमिनेट भएको हो ।

द आयरिशमैन, १९१७ र वन्स अपन अ टाइम इन हलिउडले १०–१० नोमिनेशन प्रप्त गरेका छन् । ब्रिटेनको सिन्थिया एरिवो, एन्थनी हपिङ्गस, जोनाथन प्राइस, फ्लोरेन्स प्यू सबै एक्टिङ्ग अवार्ड्सको लागि छनोट भएको हो ।

जोकर गत हप्ताको ब्रिटिश एकेडेमी फिल्म अवार्डमा पनि ११ वटा विधामा नोमिनेट भएको थियो ।

जोकरसँगै उत्कृष्ठ चलचित्रको विद्यामा द आयरिस म्यान, १९१७ र वन्स अपन अ टाइम इन हलिउड पनि मनोनित छन् ।

उत्कृष्ठ चलचित्रको विधामा फाँर्ड भरसेस फेरारी, जोजो रैबिट, लिटिल वीमेन, मैरेज स्टोरी र दक्षिण कोरियाली फिल्म पैरासाइटलाई पनि राखिएको छ ।

उत्कृष्ठ अभिनेताको लागि जोकरको जोओकिन फीनिक्सबाहेक मैरज स्टोरीको एडम ड्राइवर, वन्स अपन अ टाइम इन हलिउडको लागि लियोनार्डो डी कैप्रियो, पेन और ग्लोरीको लागि एन्टोनियो बैन्डेरास र द टू पोप्सको लागि जोनाथन प्राइस पनि मनोनित भएका छन् ।

उत्कृष्ठ अभिनेत्रीको लागि एरिवोसँगै रोनैन, चार्लीज थेराँन र रेने जेलवेगर पनि रेसमा छन् ।

प्रतिक्रिया दिनुहोस्