सशस्त्रमा डिआईजीको लागि चर्को दौडधूप



काठमाडौं : गृहमन्त्रालयले सशस्त्र प्रहरी बलमा रिक्त रहेको प्रहरी नायब महानिरीक्षक (डिआईजी) प्रकृयालाई अगाडी बढाएको छ । मन्त्रालयको बढुवा समितिले रिक्त रहेको ६ पदका लागि गत आइतबार सुचना प्रकाशित गरेको हो ।

बढुवा समितिका सदस्य सचिव सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) रामशरण पौडेलद्धारा हस्तारित सुचना अनु्सार आफुले प्राप्त गरेको शैक्षिक योग्यतालगायत बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाण पत्रको प्रतिलिपिहरु संलग्न गरी मुल्यांकन फारम भरी ७ दिनभित्र पेश गर्न जानकारी गराईएको छ ।

यसअघिका डिआईजीहरु सुरजकुमार श्रेष्ठ, बाबुराम पाण्डे, अरविन्द धिताल, रामप्रकाश श्रेष्ठ, वसन्त बानियां र राजुराम सुवालले अवकास पाएपछि उक्त पदका लागि बढुवा प्रक्रिया सुरु भएको हो । अवकाश पाएका मध्ये डिआईजीको पाँच वर्षे पदावधिका कारण अवकाश पाएका थिए।

उता सिडआईजी पदमा बढुवा हुनका लागि सशस्त्र प्रहरीमा दौडधुप सुरु भइसकेको छ । बढुवा हुनका लागि प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)हरु शक्तिकेन्द्र धाउन थालिसकेको छन् । रिक्त रहेका ६ डिआईजीका लागि एसएसपीहरु हरिशंकर बुढाथोकी, राजेन्द्र बस्नेत, केबी ब्रम्हाचार्य, हरिशचन्द्र अधिकारी, किशोर प्रधान, गणेश ठाडा मगर, वंशिराज दाहाल, अभिकुमार खत्री लगायत दौडधुपमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्