घट्यो सुनको मूल्य



काठमाडौं : लामो समयसम्म उकालो लागेको सुनको मूल्य यो सातादेखि निरन्तर ओरालो लागेको छ ।

हिजो (सोमबार) ७४ हजार ८ सयमा कारोबार भएको सुनको मूल्य आज (मंगलबार) ८ सयले घटेर ७४ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन तोलामा ७३ हजार ७ सयमा कारोबार भएको छ ।

यसैगरी आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । सोमबार तोलामा ८ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर ८ सय ८० रुपैयाँमा कारोबार भएको महाशाखमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्