भारत निकास गर्दै गरेको २ सय २३ गाईगोरु नियन्त्रणमा


झापा : जिल्ला प्रहरी कार्यालय झापाले भारत निकासी गर्दै गरेका गाईगोरु नियन्त्रणमा लिएसँगै रु आठ लाख ८० राजश्व सङ्कलन गरेको छ । प्रहरीले भारत निकासी गर्दै गरेका ४४ गाईसहित २२३ गोरु नियन्त्रणमा लिएको छ ।

कानूनमा गाई निकासी गर्न प्रतिबन्ध छ भने गोरु भन्सार तिरेर निकासी गर्नुपर्ने प्रावधान छ । त्यस्तो कारोवारमा सङ्लग्नले भारत निकासी हुने गोरुको भन्सार नगरी गाईसमेत अवैध निकासी गर्न थालेपछि प्रहरीले गाई गोरु नियन्त्रणमा लिन थालेको छ । दुई सातामा प्रहरीले भारत निकासी हुँदै आएका गाई नियन्त्रणमा लिएर गौशाला र गोरु भन्सार कार्यालय पठाएको छ । झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार खुला सिमानाको फाइदा उठाउँदै गाईगोरुको व्यापार बढेपछि कुमरखोद, भद्रपुर, गौरीगञ्ज, केचनालगायतका नाकामा कडाइ गरिएको छ ।

योसँगै प्रहरीले दुई सातामा रु ३८ लाख ३२ हजार बराबरको अवैध सामग्री बरामद गरेको छ । झापाका प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठका अनुसार किराना सामग्री मात्रै रु छ लाख ८१ हजार, विद्युतीय सामग्री रु एक लाख १५ हजार, सवारीसाधन पाटपूर्जा रु एक लाख २५ हजार, लत्ताकपडा रु आठ लाख ५४ हजार, सुपारी रु १० लाख २७ हजार ५०० र काठ रु एक लाख ५० हजार बराबरको बरामद गरिएको हो । (रासस)

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

मोरङ : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मोरङका ५५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं । कालापानी क्षेत्रमा उत्पन्न सीमा विवादका कारण केही समयदेखि संवादहीनताको अवस्थामा रहेको नेपाल र

काठमाडौं : ललितपुरको ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा मृत्यु भएकी एकजना महिलाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ

जनकपुरधाम : कोरोना संक्रमणबाट जनकपुरका पूर्वमेयर तथा होटल रामाका सञ्चालक कृष्ण गिरीको मृत्यु भएको छ

बुटवल : बुटवलको कोरोना विशेष अस्थायी अस्पतालको आइसोलेसनमा भर्ना भएका कपिलवस्तुका दुई जना पुरुषको मृत्यु

बाजुरा : गौमूल गाउँपालिका–२ अजयटोड्की गाउँमा उद्धारका लागि गएको प्रहरी र गाउँपालिकाको टोली फिर्ता भएको

डोटी : कैलालीबाट अछाम जाँदै गरेको ना ६ ख २५२९ नम्बरको बस डोटीमा दुर्घटना हुँदा

राजविराज : सप्तरीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै जिल्लामा कोरोनाबाट

काठमाडौंः रुकुम पश्चिम चौरजहारी नगरपालिका ८ मा २०७७ जेठ १० गते भएको घटनामा परी मृत्यु

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नविन घिमिरेलाई कोरोनाभाइरस (कोभिड–१९) संक्रमण भएको छ। आयोगमा

एजेन्सी– सारा विश्वले कोरोना भाइरस महामारीको विरूद्ध लडिरहेको छ तर त्यहाँ अर्को लडाई पनि छ

काठमाडौं : सरकारले शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको छ । मंगलबार पत्रकारसम्मलमा