‘सरकारबाट पुन: धोका भयाे, फेरि लड्छु’



काठमाडौं : प्राध्यापक डा. गोविन्द केसीले सरकारबाट आफूहरुलाई पुन: धोका भएको भन्दै अनसन सुरु गर्ने बताएका छन्। 

 

१५ औँ अनशनका बेलामा भएका सहमति कार्यान्वयन गर्नुको सट्टा सरकारले धोका दिएर शिक्षा तथा स्वास्थ्य समितिबाट चिकित्सा शिक्षा विधेयक पास गरेको डा. केसीले बताएका छन् । बुधबार बिहान बसेको समितिको बैठकमा चिकित्सा शिक्षा विधेयक बहुमतले पास भएको हो। 

 

  ‘हामी जनताका लागि लडेका छौं, ओली प्रचण्डले माफियाका लागि ऐन बनाएका छन्,’ केसीले प्रतिक्रिया दिदै भने, ‘अब फेरि लड्छु।’

 

 केसीले आफू बुधबार दिउँसो ४ बजेदेखि नै अनशन बस्ने जानकारी गराएका छन्। संसदको शिक्षा तथा स्वास्थ्य समितिमा गोविन्द केसीसँग भएका सहमति विपरित निर्णय भएको छ। 

प्रतिक्रिया दिनुहोस्