मापदण्ड भित्र नपरेका क्रसर उद्योगलाई बन्द गर्ने निर्णय


जनकपुरधाम : जिल्ला समन्वय समिति धनुषाले मापदण्ड भित्र नपरेका क्रसर उद्योगलाई बन्द गर्न निर्देशन दिने निर्णय गरेको छ ।

जिल्लाको नदीजन्य तथा ढुंगा, गिट्टी, बालुवा, खानीजन्य पदार्थको उत्खनन, संकलन र बिक्री समबन्धि अनुगमन तथा समन्वय समितिको बैठकबाट सो निर्णय गरिएको हो ।

बैठकले विगतका मापदण्ड अनुसार दर्ता भएका र राजश्व समेत बुझाएका तर नविकरण हुन बाँकी र हाल रित नपुगेका क्रसर तथा प्रशोधन उद्योगलाई बन्द गर्न निर्देशन दिने निर्णय गरिएको हो ।

जिल्ला समन्वय समिति धनुषाका उपप्रमुख दिपक झाले विगतमा दर्ता भएका आन्तरिक राजश्व कार्यालयमा नियमित कर बुझाउँदै आएका तर हालको मापदण्ड अनुसार अन्यत्र सार्नुपर्ने अवस्थाको क्रसर एवं प्रशोधन उद्योगलाई मापदण्ड पुग्ने स्थानमा तुरुन्त सार्न सूचित गरिने र त्यहाँको पदार्थको परिमाण र किसिम खुल्ने गरी लागत राख्न लगाउने निर्णय भएको बताए ।

उनले हालसम्म घरेलु तथा साना उद्योग कार्यालयले दर्ता गरेको नदीजन्य, खानीजन्य बालुवा प्रशोधन तथा क्रसर उद्योगको तथ्यांक समेत यथाशिघ्र जिल्ला समन्वय समितिको कार्यालयमा पेश गर्न निर्देशन दिइएको जानकारी दिए ।

अब उपरान्त नयाँ क्रसर उद्योग दर्ता गर्नुपूर्व घरेलु तथा साना उद्योग कार्यालयले जिल्ला अनुगमन समितिको स्थलगत अनुगमन पश्चात मात्रै दर्ताको प्रक्रिया अगाडी बढाउन समन्वय समितिले आग्रह समेत गरेको छ ।

गत शुक्रबार अवैध क्रसर उद्योगका सञ्चालकहरु मिलेरनै धनुषाको मिथिला नगरपालिका ५ मा अवैध उत्खनन विरुद्ध आवाज उठाउँदै आएका २४ वर्षीय युवा दिलिप महतोको हत्या गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौँ : भारतीय विदेश मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै गौतम बुद्ध नेपालमा जन्मिएकोमा कुनै

काठमाडौं : काठमाडौं उपत्यकामा आइतबार ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकामा एक हप्ताका लागि लगाइएको निषेधाज्ञाको समयअवधि समाप्त भएपछि पुनः एक हप्ताका

पर्सा : पर्सामा ९ प्रहरीसहित ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको

पर्सा– उपचार नपाएर ज्यान गुमाएकी वीरगन्ज २ छपकैयाकी २० बर्षिय विष्णु लामाका आफन्तले नारायणी अस्पतालमा

काठमाडौं– भारतले नेपाललाई भेन्टिलेटर सहयोग गरेको छ । आइतबार जंगी अड्डामा आयोजित एक कार्यक्रमका बीच

काठमाडौं– विश्व आदिवासी दिवसका दिन प्रधानमन्त्री केपी शर्मा ओलीले सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना

आन्ध्र प्रदेश– कोरोना संक्रमित विरामीहरू राखिएको आन्ध्र प्रदेशको विजयवाडामा स्वर्ण प्यालेस होटलमा आगो लाग्दा ७

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बुद्धको जन्मस्थानबारे भारतीय विदेशमन्त्रीले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ।

काठमाडौं : वीरगञ्जमा ७ अस्पताल चार्हादाचार्हादै मृत्यु भएकी २० वर्षीया युवतीमा कोरोना संक्रमण पुष्टि भएको

काठमाडौं : काठमाडौं उपत्यकाका तीनवटा जिल्ला प्रशासन कार्यालयले आज (आइतबार) देखि अत्यावश्यकबाहेकका सेवा बन्द गरेका