देवघाटमा अष्टधातुको शिव मूर्ति बनाउन महायज्ञ


पोखरा : धार्मिक पर्यटकीय तीर्थस्थल देवघाटधाममा अष्टधातु जडित शिव मूर्ति निर्माणका लागि पोखरामा अष्टधातु सङ्कलन श्रीमद्भागवत विराटज्ञान महायज्ञ शुरु गरिएको छ । चितवन, तनहुँ र नवलपुरको सङ्गमस्थलमा अवस्थित पवित्र धार्मिक क्षेत्र भरतपुर नगरपालिका–१ देवघाटधाममा सुन, चाँदी, तामा, पित्तल, ढलोट, चरेस, काँच, फलाम मिश्रित आठ धातुबाट ३० फिट अग्लो शिवको मूर्ति निर्माण गरिने लक्ष्यलाई सहयोग पु¥याउने उदेश्यका साथ महायज्ञ शुरु गरिएको हो ।

सुनका आँखा, गलामा टलक्क टल्किएको चाँदीबाट निर्मित नागको माला, दायाँ हातमा ओमकार र बायाँ हातमा त्रिशूलसहित अष्टधातुको मूर्तिको मुनि पूजाकोठा र धार्मिक सङ्ग्रहालयलगायतका संरचना निर्माण गर्न लागिएको बताइएको छ । त्यस्तै परिसरमा यात्रु विश्रामगृह, बाल उद्यान, नारायणी नदी किनारामा पैदलमार्गसँगै रमणीय बाँदर उद्यानसहित आकर्षक संरचना निर्माण गरिने देवघाट संरक्षण प्रतिष्ठानका अध्यक्ष अम्बिकाप्रसाद अधिकारीले जानकारी दिए ।

उनका अनुसार रु आठ करोड बढी खर्च हुने अनुमान गरिएको उक्त शिव मूर्तिसहितका संरचना निर्माणका लागि यसअघि विभिन्न स्थलमा आयोजना गरिएका महायज्ञबाट ८४ क्विन्टल धातुलगायत रु ३३ लाख सहयोग सङ्कलन भइसकेको छ । कूल १४ हजार किलोग्राम धातु खर्च गरिने सो मूर्ति निर्माणका लागि ९० प्रतिशत पित्तलसहित पाँच तोला सुन, दुई किलोग्राम चाँदी र बाँकी अन्य धातु प्रयोग हुने छ ।

अध्यक्ष अधिकारीका अनुसार मूर्ति निर्माणका लागि कूल २३० थान डाइ लाग्नेमा हालसम्म १०० थान तयारी भइसकेका र बाँकी १३० थान तयारको चरणमा छन् । भूमिगत पूजा र सङ्ग्रहालय कोठा निर्माणका लागि रु एक करोड ५० लाख, यात्रु विश्रामगृह रु दुई करोड २५ लाख, रमणीय उद्यान र धाराका लागि रु एक करोड २५ लाख लाग्ने अनुमान गरिएको छ ।

धातुलाई तरल बनाएर डाइमा भर्ने कार्यका लागि रु एक करोड ७० लाख, फ्रेम तयार गर्न रु ८० लाख खर्च हुने प्रतिष्ठानको अनुमान छ । आगामी कात्तिकसम्ममा निर्माण सम्पन्न गर्ने गरी ज्याला मात्र रु एक करोड २५ लाखमा सेन्चुरी मूर्तिकला उद्योगसँग ठेक्का सम्झौता भइसकेको महासचिव मदनराज मिश्रले जानकारी दिए ।

कूल ४६ कठ्ठा क्षेत्रफलको जग्गामा सो योजनाका लागि वाग्मती प्रदेश सरकारको रु ५० लाख सहयोग प्राप्त भएको जानकारी दिँदै उनले सो स्थानमा देवघाट क्षेत्र विकास समितिद्वारा रु दुई करोड ५० लाख लागतमा स्नानघाट निर्माणको प्रक्रिया अघि बढाइएको बताए ।

समुद्री सतहबाट २५० मिटरको उचाइमा रहेको देवघाटधाममा निर्माण गरिने अष्टघातुसहितको शिव मूति मात्र रु चार करोड ४० लाख २५ लागतमा निर्माण गरिने अनुमान गरिएको उनले बताए । सो मूर्ति नेपाली कलाकार तिलवीर सेन्चुरी र युवराज लामिछानेले निर्माण गर्दै गर्दै छन् ।

ऐतिहासिक, पुरातात्विक, धार्मिक, आध्यात्मिक, पौराणिक महत्व बोकेको देवघाटधामा अष्टधातुको शिव मूर्तिसहित विभिन्न भौतिक संरचना निर्माणपश्चात सो क्षेत्र आकर्षक धार्मिक पर्यटकीय गन्तव्यको रूपमा विकास हुने विश्वास लिइएको छ ।

महासचिव मिश्रले प्रत्येक घरमा रहेको अष्टधातुका टुक्रा दान गरेर पुण्य प्राप्त गर्न भक्तजनलाई अपिल गरेका छन् । महायज्ञमा रु पाँच लाख दान गर्ने दातालाई संस्थापक सदस्य एवं संरक्षक र रु एक लाख दान गर्ने दातालाई संस्थापक सदस्य हुने प्रतिष्ठानले व्यवस्था गरेको जानकारी दिँदै उनले सङ्कलित धातुलाई प्रशोधन गरी शिव मूर्ति निर्माण गरिने लक्ष्य रहेको बताए । प्रतिव्यक्ति रु पाँच हजार आजीवन सदस्य शुल्क राखिएको सो प्रतिष्ठानमा हालसम्म ६५८ सदस्य आबद्ध भएका छन् ।

मूर्ति निर्माणार्थ पोखरा महानगरपालिका–९ एयरपोर्टको उपल्लो प्रवेशद्वारसँगै सडक किनारामा प्रतिष्ठानको आयोजना एवं नागढुङ्गा आमा समूह एवं एयरपोर्ट टोल विकास संस्थाको व्यवस्थापनमा श्रीमद्भागवत विराटज्ञान महायज्ञ सञ्चालन भइरहेको छ । यही पुस २५ देखि माघ ४ गतेसम्म सञ्चालन हुने महायज्ञको आज चौथो दिनसम्म १८ किलो धातुसहित रु तीन लाख ५० हजार नगद सङ्कलन भएको नागढुङ्गा आमा समूहका अध्यक्ष लक्ष्मी गिरीले जानकारी दिए ।

महायज्ञमा पण्डित बालकृष्ण अर्यालको प्रमुख बाचकत्वमा शिव महिमासहित शिव र पार्वतीको सचित्र नृत्य प्रस्तुत गरिएको एयरपोर्ट टोल विकास संस्थाका अध्यक्ष सावित्री घिमिरेले जानकारी दिए । प्राकृतिक सभ्यता र संस्कृति बोकेको कालीगण्डकीसहित विभिन्न सात नदीको सङ्गमस्थल ऋषिमुनिको तपोभूमिका रुपमा परिचित देवघाटधामका बारेमा स्कन्दपुराण, हिमवत्खण्ड, बराहपुराण एवं पद्यपुराणमा महत्वका साथ व्याख्या गरिएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

सिन्धुली : समुदाय स्तरमा कोरोना संक्रमण फैलिनसक्ने आंशकामा सिन्धुली जिल्ला सदरमुकामस्थित कमलामाई नगरपालिका एक साताका

पेरिस : महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट विश्वभर दुई करोडभन्दा बढी मानिस संक्रमित भएका छन्

मोरङ : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मोरङका ५५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं । कालापानी क्षेत्रमा उत्पन्न सीमा विवादका कारण केही समयदेखि संवादहीनताको अवस्थामा रहेको नेपाल र

काठमाडौं : ललितपुरको ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा मृत्यु भएकी एकजना महिलाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ

जनकपुरधाम : कोरोना संक्रमणबाट जनकपुरका पूर्वमेयर तथा होटल रामाका सञ्चालक कृष्ण गिरीको मृत्यु भएको छ

बुटवल : बुटवलको कोरोना विशेष अस्थायी अस्पतालको आइसोलेसनमा भर्ना भएका कपिलवस्तुका दुई जना पुरुषको मृत्यु

बाजुरा : गौमूल गाउँपालिका–२ अजयटोड्की गाउँमा उद्धारका लागि गएको प्रहरी र गाउँपालिकाको टोली फिर्ता भएको

डोटी : कैलालीबाट अछाम जाँदै गरेको ना ६ ख २५२९ नम्बरको बस डोटीमा दुर्घटना हुँदा

राजविराज : सप्तरीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै जिल्लामा कोरोनाबाट

काठमाडौंः रुकुम पश्चिम चौरजहारी नगरपालिका ८ मा २०७७ जेठ १० गते भएको घटनामा परी मृत्यु

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नविन घिमिरेलाई कोरोनाभाइरस (कोभिड–१९) संक्रमण भएको छ। आयोगमा