भारतले पठायो नेपालका लागि भारतीय राजदूतको नाम



काठमाडौँ : नेपालका लागि भारत सरकारले विनय मोहन क्वात्रालाई राजदूत प्रस्तावित गरेको छ । भारतले पठाएको नामलाई सरकारले स्वीकृत गरेपछि विधिवत नियुक्ति हुनेछ ।

सन् १९८८ ब्याचका विदेश सेवाका अधिकृत क्वात्रा हाल फ्रान्सका लागि भारतीय राजदूत रहेका छन् । उनले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को निर्देशकको रुपमा सन् २००६ देखि २०१० सम्म काठमाडौँमा रहेका थिए ।

क्वात्राले भारतको विदेश मन्त्रालय अन्तर्गत नीति योजना तथा अनुसन्धान शाखाको प्रमुखका रुपमा पनि काम गरेका थिए भने सन् २००३ देखि २००६ सम्म चीनमा रहेको भारतीय दूतावासमा कान्सुलर तथा त्यसपछि डेपुटी चिफ अफ मिसनका रुपमा पनि काम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्