अमिताभ बच्चनको भावुक स्टाट्सले ततायो सामाजिक सञ्जाल



काठमाडौं : बलिउडका महानायक अमिताभ बच्चनले सामाजिक सञ्जाल फेसबुकमा भावुक स्टाट्स पोष्ट गरेका छन् । उनको यो पोष्टले अहिले सामाजिक सञ्जाल तताएको छ ।

उनले आफ्नी आमालाई सम्झिदै यो स्टाट्स लेखेका हुन् ।

‘देब्रे आँखा फरफराएको छ, सानोमा सुनेको थिए यो अशुभ संकेत हो,’ उनले फेसबुमा लेखेका छन्–‘डाक्टरकोमा पुगेका बिग बिलाई आँखाभित्र एक कालो दाग छ । केही असर भने हुँदैन । बढ्दो उमेरको कारण हो । सानोमा जसरी आमाले आफ्नो सारीले मुखमा फु गर्दै तातो आँखामा राख्थिन्, यसै गर्नु, ठीक हुन्छ ।’

उनले थप्दै लेखेका छन्–‘आमा त आमा हुन्छिन् । बिजुलीबाट रुमाल तताए र आँखामा राखेँ तर आँखा ठिक भएन, आमाको आंचल, आमाको आंचल नै हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्