छुट्टाछुट्टै दुर्घटनामा परी दुईको मृत्यु


तनहुँ : छुट्टाछुट्टै सवारी दुर्घटनामा परी घाइते भएकामध्ये तनहुँमा दुई जनाको मृत्यु भएको छ ।

गत शुक्रबार तनहुँको घिरिङ गाउँपालिकास्थित कृष्ण मोटरमार्गमा बस दुर्घटना हुँदा सख्त घाइते भएकी घिरिङ गाउँपालिका–१ का ७० वर्षीया आइतीमाया विकको पोखरा मणिपाल अस्पतालमा उपचारको क्रममा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।

उनका अनुसार ग १ ख ६१७५ नम्बरको यात्रुवाहक बस घिरिङ गाउँपालिका–३ स्थित थानीमाइमा अनियन्त्रित भई सडकबाट तल खख्दा १८ जना घाइते भएका थिए । उक्त दुर्घटनामा परी घिरिङ गाउँपालिका–१ का २० वर्षीया मुना थापा र घिरिङकै वडा नं ३ का ४२ वर्षीया नानीमाया गुरुङको घटनास्थलमै मृत्यु भएको थियो । उक्त दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।

त्यसैगरी गत शनिबार आँबुखैरेनी गाउँपालिका–४ ऐनापहरा नजिकै ग १ ख ५९०० नं को ट्रकले विपरीत दिशामा गुडिरहेको बा ८७ प ३३१४ नं को मोटरसाइकलाई ठक्कर दिँदा सख्त घाइते भएका मोटरसाइकल चालकको उपचारको क्रममा आज मृत्यु भएको छ ।

ट्रकको ठक्करबाट घाइते भएका गोरखा जिल्ला शहीद लखन गाउँपालिका–३ का ३० वर्षीय सन्तोष पोख्रेलको उपचारको क्रममा पुरानो मेडिकल कलेज चितवनमा मृत्यु भएको उनले बताए । –रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

जनकपुरधाम : प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम नै हुने निश्चित जस्तै भएको छ ।

पोखरा : गण्डकी प्रदेशका सांसद दीपक मनाङे ६ हजार धरौटीमा रिहा भएका छन् । उनलाई

जनकपुरधाम : प्रदेश २ सरकारका मन्त्रीहरु बिचको विवाद सतहमा आएको छ । राजपा र समाजवादी

काठमाडौं : भारतको उत्तरपूर्वी भू–भागमा विकसित भएको मौसमी प्रणालीका कारण नेपालको पूर्वी, मध्य र पश्चिमका

काठमाडौँ : प्रतिनिधिसभाको रिक्त सभामुख पदको निर्वाचन आज केहीबेरपछि बस्ने बैठकमा हुँदैछ । सो पदका

एजेन्सी : चीनको वुहान शहरमा फैलिएको कोरोना भाइरसको कारण मृत्यु हुने संख्या ५६ पुगेको छ

एजेन्सी: कोरोना भाइरसका कारण चीनमा मृत्यु हुनेको संख्या ५६ पुगेको छ । आइतबार मात्रै १५

काठमाडौं : ‘बल्ने ढुङ्गा’को लोभमा एक जना व्यक्तिको ५० लाख लुटिएको छ । साथीहरुले ‘बल्ने

काठमाडौं : समयमै मानसिक रोगको उपचार भएमा सार्थक जीवन विताउनसक्ने मनोविद्हरुको जनाएका छन् । बङ्गलादेशको

काठमाडौं : सन् १९५४ देखि प्रत्येक वर्ष जनवरी महिनाको अन्तिम आइतबारका दिन पर्ने विश्व कुष्ठरोग

काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभर आंशिक बदली रहने जनाएको छ ।आज (आइतबार)

जनकपुरधाम : जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले राष्ट्रियसभा निर्वाचनमा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) सँग राष्ट्रिय