ए डिभिजन लिग फुटबल : आर्मी र संकटाले बराबरी खेल्दै अंक बाडेको बराबरी



काठमाडौं : सहिद स्मारक ए डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लब र संकटा क्लबले बराबरी खेल्दै अंक बाडेका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा आर्मी र संकटाले १–१ गोलको बराबरी खेल्दै अंक बाडेका हुन्।

पहिलो हाफमा नवयुग श्रेष्ठले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । तर संकटाका लागि खेलको ५५ औं मिनेटमा अमित तामाङले पेनाल्टीमा गोल गर्दै खेललाई बराबरीमा ल्याए।

बराबरीसँगै आर्मीले ६ खेलमा १३ अंक जोडेको छ । संकटाले ६ खेलमा ८ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्