माघे संक्रान्तिमा गण्डकीमा सार्वजनिक बिदा



पोखरा : गण्डकी प्रदेशमा माघे संक्रान्तिका दिन सार्वजनिक बिदा हुने भएको छ । प्रदेश सरकारले हिन्दु तथा मगरहरुको विशेष पर्व माघे सक्रान्तिमा बिदा दिने निर्णय गरेको हो ।

 

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले माघ १ मा गण्डकी प्रदेशभरि सार्वजनिक बिदा निर्णय गरेको सरकारका प्रवक्ता रामशरण बस्नेतले बताए । माघे संक्रान्ति हिन्दु धर्मावलम्बी तथा मगर जातिको विशेष पर्व भएकाले सो दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको उनले जानकारी दिए ।

 

बिदाका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव लगेको थियो । यसअघि गण्डकी सरकारले तमु ल्होसारमा पनि सार्वजनिक बिदाको निर्णय गरेको थियो । 

 

प्रतिक्रिया दिनुहोस्