नेपालीले कन्दमुल खान कम गरेकै हुन् ?



काठमाडौं : आज पुस मसान्त । प्रमुख बजारहरुमा माघे संक्रान्तिको रौनक छुट्टै छ । अघिपछि बजारमा फाटफुट मात्र देखिने तरुल लगाएतका कन्दमुल किन्ने र बेच्ने व्यापारीको घुइचो छ ।नहुनु पनि कसरी माघे संक्रान्ति भन्ने बित्तिकै विशेषत कन्दमुल कै कुरा आउछ । ज्योतिष शास्त्र अनुसार माघ १ देखि तातो दिन शुरु हुन्छ । पुस मसान्तको दिन उसीनीएको परिकार संक्रान्तिको दिन खाएमा शरीर पोषिलो हुनुका साथै निरोगी होइने मान्यता पनि रहि आएको छ । अत्यधिक चिसो भएको र कन्दमुलको पनि उत्पादन यसै समयमा धेरै हुने भएकोले पनि यही समयमा खाने चलन छ ।

तरुलको व्यापार विशेष गरेर पुस महिनामा हुने गर्दछ । तर, विगतको वर्षभन्दा यो वर्ष कम व्यापार भएको व्यापारीहरु बताउछन् । यसपाली कम ग्राहक आइरहेका छन् पहिला २०-२२ गतेदेखि नै धमाधाम व्यापार हुन्थ्यो । तरह यसपाली २७ गतेदेखि व्यापार भइरहेको बल्खु तरकारी बजारका व्यपारी रामभक्त बस्नेत बताउछन् । उनी भन्छन्–‘मूल्य त खासै बढेको छैन, तर पनि यस वर्ष व्यापारमा कमी आइरहेको छ । सायद चिसोले पनि हो । केहि दिन अघि पानी पर्यो ।’
यसैगरी अर्का व्यापारी सन्दिप पौडेल भन्छन्–‘चार सय÷पाँच सय ढकले बिक्री भएको छ ।

यसपलि अलि मूल्य बढेर आएको छ । अलि कम फलेर पनि हुन सक्छ । ग्राहक त धेरै नै आएका छन् । तर, उनीहरुले किन्न खोजेका छैनन् । पहिला गाडिबाटै पनि कति धेरै बिक्री हुन्थ्यो । यतिखेर ६०-७० हजारको बिक्री भइसक्थयो तर यो वर्ष ३० हजार मात्र भएको छ ।

रुमणी बहादुर बानियाँको पनि खासै व्यापार नभएको गुनासो छ । उनी भन्छन्–‘सोचे जस्तो व्यापार भएन् । मूल्य पनि हेरी हेरी छ कुनैको पहिलाभन्दा कम छ कुनै खालको कन्दमुलको मूल्य बढेर आएको छ ।’

व्यापारीहरु राम्रोसँग व्यापार नभएर चिन्तित छन् भने उपभोक्ता मूल्य वृद्धिका कारण चिन्तित् छन् । बल्खु तरकारी बजारमा माघीका लागि कन्दमुल किन्दै गरेकी रमला श्रेष्ठ भन्छिन्–‘मूल्य बढेर आकाश छुन लागि सक्यो । वर्षेनि मूल्य बढेको बढेकै छ । खै अनुगमन पनि हुँदैन । नखाइ पनि नहुने खानलाई मूल्य बढेर छोइसक्नु छैन ।’ त्यसैले पहिलाको वर्ष भन्दा कम किनेको उनी बताउछन् ।

यता कालिमाटी तरकारी तथा फलफुल बजार विकास समितिका उपनिर्देशक तथा प्रवक्त विनय श्रेष्ठ भने मूल्य बढ्नु स्वभाविक भएको बताउछन् । उनी भन्छन्–‘विगतको तुलनामा यसवर्ष कन्दमुलको मूल्य केहि बढेको छ । यो सामान्य प्रक्रिया हो । सबै थोकको मूल्य बढ्दा यसको मूल्य नबढ्ने भन्ने हुँदैन । समयको परिवर्तनसँगै मूल्य बढ्नु कुनै ठूलो कुरा हैन । यो सँगसगँै माग धेरै भएर पनि मूल्य बढेको हो ।’

यता यसवर्ष माघीपर्वलाई लक्षित गरी पुस महिना भरि १३ सय टनभन्दा बढी तरुल आयत भएको कालिमाटी तरकारी तथा फलफुल बजार विकास समितिले जनाको छ । त्यसैगरी शखरखण्ड र पिडालु गरेर ५ सय टन भित्रिएको जनाएको छ ।

सबैभन्दा बढी सर्लाहीबाट ५ सय टन आयात भएको छ भने अरु पाल्पा, काभ्रे, मकवानपुर, सुनसरी, झापा, नवलपरासी, धादिङ र चितवन लागयतका जिल्लाबाट आयात भएको छ । यसपाली भारतबाट ४० टन मात्र आयात भएको कालिमाटी तरकारी तथा फलफुल बजार विकास समितिले जनाएको छ ।

यो पटक विगतका वर्षभन्दा यसवर्ष बढि आयत भएको कालिमाटी तरकारी तथा फलफुल बजार विकास समितिका उप–निर्देशक तथा प्रवक्त श्रेष्ठले बताए । उनी भन्छन्–‘पहिका वर्षमा १० सय टन आयत भएको थियो । तर, यसपाली पहिलाका वर्षमा भन्दा बढि आयात भएको छ ।

आयात धेरै भए पनि यो वर्ष तरुलको मूल्य बढेको छ । विनय श्रेष्ठका अनुसार गत वर्ष ५० देखि ५५ रुपैयाँ प्रतिकिलो रहेको सर्लाहीको तरुलको मूल्य यो वर्षका लागि ७० देखि ८० रुपैयाँ निर्धारण गरिएको छ । गत वर्ष सय रुपैयाँभन्दा बढी रहेको हात्ती पाइले तरुल यो वर्ष ८० देखि सय रुपैयाँमा बजारमा बिक्री भइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्