‘वैवाहिक बलात्कार’को सीनपछि घरमा गएर धेरै रोएँ : अभिनेत्री दत्त



एजेन्सी : बलिउड फिल्मकी अभिनेत्री दिब्या दत्ताले फिल्ममा ‘वैवाहिक बलात्कार’ को सीन दिएपछि घरमा गएर रोएको बताएकी छिन् ।

कुशल अभिनयका कारण राष्ट्रिय पुरस्कारसमेत प्राप्त गरेकी दत्तले एक कार्यक्रममा कुराकानीको क्रममा उक्त बलात्कारको सीनपछि आफू भित्रैबाट टुटेको बताएकी थिइन् ।

दत्तले ‘जश्न ए रेख्ता’ को दौरान आफ्नो व्यवसायिक जीवन र शुटिङ अनुभवको बारेमा आफ्ना कुराहरु शेयर गरेकी थिइन् । उनले भनिन्, ‘केही सयम पहिले म एउटा फिल्म शुटिङ गरिरहेको थिएँ । जसमा एउटा सीन वैवाहिक बलात्कारको सम्बन्धमा थियो । यस्तो सीन सुट गर्दा निर्देशक, फिल्मका अन्य क्रु मेम्बरहरु संवेदनशील हुन्छन् । र सबै त्यस्तो सीनलाई राम्रो बनाउन सचेत हुन्छन् । सबै कुरालाई ध्यानमा राखिन्छ ।’

दिब्याले अगाडि भनिन्, ‘उक्त सीन गरेपछि म भित्रैबाट टुटेकी थिएँ । र, घर गएर धेरै रोएँ । त्यो समय मलाई बलात्कारको उक्त सीनले निकै प्रभावित पारेको थियो ।’

प्रतिक्रिया दिनुहोस्