कलेज बसले ठक्कर दिँदा दुईजनाको घटनास्थलमै मृत्यु



जनकपुर : जनकपुरमा कलेज बसले ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ ।

जनकपुरधामस्थित मोडेल मल्टिपल कलेजको बसले मोटरसाइकलमा ठक्कर दिँदा दुईजना युवाको घटनास्थलमै मृत्यु भएको हो ।

धनुषाको ढल्केबरबाट जनकपुरतर्फ आईहेको ज १ क २८३ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ज१०प ३५३५ नम्बरको मोटरसाइकललाई मंगलबार दिउँसो लक्ष्मिनिया गाउँपालिकामा ठक्कर दिँदा दुबैजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा लक्ष्मीनिया गाउँपालिका वडा नम्बर ७ पर्सापकडियाका २५ वर्षीय सन्तोष ठाकुर र क्षिरेश्वर नगरपालिकाका २५ वर्षीय अनवर राईन रहेका छन्।

बस चालकको लापरवाहीका कारण उनीहरुको मृत्यु भएको भन्दै स्थानीयले अहिले सडकमा टायर बालेर विरोध प्रदर्शन गर्दै चक्काजाम गरेका छन् । घटनास्थलको अवस्था तनावग्रस्त छ ।

प्रतिक्रिया दिनुहोस्