ज्यान र हतियार खरखजाना मुद्दामा पक्राउ


सिराहा : कर्तव्य ज्यान र हातहतियार खरखजाना मुद्दामा अदालतबाट १३ वर्षको कैद सजाय पाएर फरार एकसहित तीन जनालाई सिरहा प्रहरीले पक्राउ गरेको छ ।

कर्तव्य ज्यान मुद्दामा १० वर्ष र हातहतियार खरखजाना मुद्दामा तीन वर्ष कैद तथा रु एक लाख जरिवाना सजाय पाएका सिरहा, कल्याणपुर नगरपालिका ८ निवासी ३५ वर्षीय मोहम्मदहसिद राइन साहजीलाई सोमबार साँझ प्रहरीले करीब चार वर्षपछि पक्राउ गरेको हो ।

जिल्ला अदालत सिरहाले कर्तव्य ज्यान मुद्दामा गत २०७१ असोज २ गते साहजीलाई १० वर्ष कैद र हातहतियार खरखजना मुद्दामा विसं २०७२ चैत ८ गते तीन वर्ष कैद तथा रु एक लाख जरिवानाको फैसला गरेको थियो ।

अदालतको फैसला लगत्तै फरार भएका साहजीलाई इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।

यस्तै प्रतिबन्धित लागुऔषध गाँजासहित इलाका प्रहरी कार्यालय मिर्चैयाले मिर्चैया नगरपालिका २ निवासी ५५ वर्षीय राशलाल मण्डललाई पक्राउ गरेको छ । अभियुक्त मण्डलका साथबाट १६० ग्राम लागुऔषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

त्यस्तै नेपालबाट भारततर्फ अवैध रुपमा तस्करी गरिरहेको भैैंसीसहित प्रहरीले सिरहा– २० दशगज्जास्थित लगडीगदियानीबाट एक भारतीयलाई पक्राउ गरेको छ ।

यसैगरी प्रहरी चौकी लकडीगदियानीबाट खटिएको गस्ती टोलीले भारततर्फ लैजाँदै गरेको चार भैंसीसहित भारतको खजुरी पञ्चायत ४ निवासी ४० वर्षीय अबुल कलामलाई पक्राउ गरेको छ । –रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : नेपाल वायुसेवा निगमका तीन पाइलटसहित १४ जनामा कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ

काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रशासन सेवाका ६३ जना वरिष्ठ सहसचिवहरुलाई प्रदेश

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता गगन थापाले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीलाई प्रवृत्ति

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाटै राजीनामाको दबाब बढिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली

जनकपुरधाम : प्रदेश नं. २ मा पछिल्लो २४ घण्टामा १ सय १५ जना व्यक्तिमा कोरोना

काठमाडौं : काठमाडौं उपत्यकामा आइतबार थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य

काठमाडौं– बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको निर्माण सम्पन्न भएको छ । आइतबार मेलम्ची आयोजनाको निर्माण सम्पन्न

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ९३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य

धनगढी : सुदूरपश्चिम प्रदेशमा थप ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की नेतृ एवम् प्रतिनिधि सभा सांसद रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी ओलीलाई

काठमाडौं : राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (एकेडेमी) ६ वर्ष अघिको समझदारी उल्ट्याएर ईपीसी (इन्जिनियरिङ, प्रोक्युरेमेन्ट

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टहरुले हल्ला मच्चाउन र समस्या जन्माउन सक्ने तर