बहुविवाह गर्ने जोडी कारागारमा



भोजपुर : जिल्ला अदालतले बहुविवाह गर्ने एक जोडीलाई कारागार सजायको फैसला सुनाएको छ ।

अदालतले पौवादुङ्मा गाउँपालिका वडा नम्बर २ तिवारीभञ्ज्याङका ५३ वर्षीय तिलकप्रसाद ढकाल र सोही ठाउँकी २१ वर्षीया मुना धमलालाई जनही एक वर्ष छ महिना कैद र जनही रु १५ हजार जरिवानाको फैसला गरेको हो ।

जिल्ला न्यायाधीश गेहेन्द्रराज पन्तको इजलासले गरेको फैसलाअनुसार पीडितलाई रु २० हजार क्षतिपूर्ति पनि भराइएको अदालतका नायब सुब्बा खड्ग भट्टराईले जानकारी दिए ।

मुलुकी अपराधसंहिता २०७४ को दफा १७५ को (४) बमोजिम ती जोडीलाई कैद र जरिवानाको सजाय गरिएको हो ।

उनीहले गत साउन २३ गते विवाह गरेका थिए । उनीहरुलाई ढकालकी जेठी श्रीमती रेवतीको जाहेरीपछि गत साउन ३० गते पक्राउ गरिएको थियो । –रासस

प्रतिक्रिया दिनुहोस्