बझाङमा जुवातास पूर्ण रुपमा बन्द भएको प्रहरीको दाबी



बझाङ : सदरमुकाम चैनपुरमा विगत पाँच सात वर्षदेखि लुकीछिपी व्यवसायिक रुपमा हुने गरेको जुवातास पूर्णरुपमा बन्द भएको बझाङ प्रहरीले दाबी गरेको छ । प्रहरी प्रशासनले जिल्लामा  खुलेयाम जुवातास खेलिदा र खेलाइदा पनि प्रहरी प्रशासनले माैन रहेको व्यापक जनगुनासो आएपछि प्रहरीकै सक्रियतामा जुवातास बन्द गरिएको डीएसपी धितालको भनाई छ ।

 

विगतका प्रहरी प्रमुखहरुले एकाग्र स्थानमा मात्रै जुवाडेहरु प्रकाउ गर्ने गरेको भए पनि पछिल्लो पटक जिल्लामा सरुवा भएर आएका डीएसपी प्रबीण धितालले जुवातास जस्ता अवैध खेललाई निर्मुल गर्न व्यापक प्रहरी परिचालन गरेपछि सदरमुकाम चैनपुरमा जुवातास बन्द भएको हो । 

 

केही महिना अगाडी सदरमुकाम चैनपुरमा भएको १५-२० लाखसम्मको खालमा प्रहरीले दुई समुहलाई पक्राउ गरेपछि व्यवसायिक रुपमा जुवातास खेल्नेहरुको टीम भाँडिएको छ ।

 

चैनपुरमा दिनहुँ जसो लामो समयदेखि लाखौंको जुवा खेलमा संलग्न हुने केही नामुद व्यापारीलगायत कर्मचारीलाई पक्राउ गरेपछि जुवा खेल्ने मानिसहरु डराएका र अहिले जुवा खेल नै बन्द भएको स्थानीय बासिन्दाले बताएका छन् । 

यता डीएसपी प्रविण धितालले भने जसरी बझाङ जिल्लामा लामो समयदेखी खेलिदै र खेलाइदै आएको जुवा बन्द गरियो त्यसरी नै चरेशको कारोबार तथा ओसारपसार बन्द गर्न प्रहरी लागिपरेको बताए ।

प्रतिक्रिया दिनुहोस्