नहरमा डुबेर बालकको मृत्यु



सुर्खेत : सिचाईका लागि बनाएको नहरमा डुबेर एक बालकको मृत्यु भएको छ । सुर्खेतमा पञ्चपुरी नगरपालिका–४ बरैंचेका टेकबहादुर बिसीका छोरा सुवास बिसीको निधन भएको हो । 

 

बुधबार घर नजिकै खेल्ने क्रममा नहरमा डुबेर ११ महिनाका ती बालक घाइते भएका थिए । प्राथमिक स्वास्थ्य केन्द्र सालकोटमा उपचारका क्रममा बालकको मृत्यु भएको बालकका ठूलाबुवा कृष्ण बिसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्