नायिका ऋर्चा शर्मा भन्छिन्– ‘आमा’ शब्दको अर्थ र महत्व बढ्यो



काठमाडौं : नायिका ऋर्चा शर्माले ‘आमा’ शब्दको अर्थ र महत्व बढेको बताएकी छन् । आज (बुधबार) आमाको १३औं पुण्यतिथि भएको सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पुण्य तिथिमा आमालाई सम्झिदा आफ्नो लागि अझ आमा शब्दको अर्थ र महत्व झन धेरै बढेको बताएकी हुन् ।

आमाको निधानले आफ्नो जीवनको सबैभन्दा महत्वपूर्ण अध्यायमा पनि बिराम लागेको उनले स्टाटसमा लेखेकी छन् ।

यस्तो छ उनको स्टाटसः
‘आज हाम्री आमाको १३औँ पुण्य तिथिमा उहाँलाई सम्झिदा मेरो लागि अझ आमा शब्दको अर्थ र महत्व झन धेरै बढेको छ । एउटा कहिले नभरिने खालिपन त छदै छ नै तर त्यसको साथै मेरो जीवनको सबैभन्दा महत्वपूर्ण अध्यायमा पनि बिराम लागेको छ । एउटा साथी, एउटा संरक्षक, दुःख बिसाउने काख सबै गुमाएको छु । हामी एक अर्काको खुशीमा खुशी हुन्थ्यौ अनि दुःखमा दुखी । मेरो सानो सानो सफलतामा खुशी हुनुहुने आमा, अनि मेरा अप्ठ्याराहरुमा मेरो हौसाला हुनुहुने आमा ।’

‘आमको ऋण तिरेर कहिले सकिदैन् । आज यो वाक्यलाई सही रुपले बुझेको छु । त्यो ऋण तिर्न नसके पनि आमालाई जहाँँ हुनु भए पनि सधैं खुशी राख्न उहाँले देखाउनु भएको बाटोमा आफुलाई सधैं हिँडाउँछु । शायद आमालाई यही नै सच्चा श्रद्धान्जली हुन सक्छ ।’ उनले थप्दै अगडी लेख्छिन् ।

नायिका शर्माको आमा रिनादेवी शर्माको पुस १८ गते शुक्रबार साँझ निधन भएको थियो । ऋर्चाकी आमाको ६७ वर्षको निधन भएको हो । रिनादेवी लामो समयदेखि बिरामी थिइन् ।

प्रतिक्रिया दिनुहोस्