रुसमा बस दुर्घटना, १३ काे मृत्यु



मस्को : रुसको टीभेर क्षेत्रमा भएको बस दुर्घटनामा परि कम्तीमा १३ जनाको मृत्यु भएको छ। 

 

टिभेरदेखि रज्हेभसम्मको राजमार्गमा दुर्घटना भएको क्षेत्रीय गभर्नर इगोर रुडेन्याले एक वक्तव्यमार्फत जानकारी दिए। 

 

घटनामा परि घाइते भएका अन्य तीन जनालाई स्थानीय अस्पतालमा उपचार गराइएको उनले बताए। रासस

प्रतिक्रिया दिनुहोस्