छ महिनापछि फरार अभियुक्त पक्राउ 



जनकपुरधाम : धनुषा प्रहरीले छ महिनापछि दुई फरार अभियुक्त पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको कमला नगरपालिका-६ मडानका धर्मेन्द्र मण्डल र सोही नगरपालिका-७ जागीरका राजेन्द्र चौधरी रहेका छन् ।

 

गत असार १३ गते मदिरा सेवनबाट धनुषामा सात जनाको मृत्यु भएको थियो । मदिरा बेच्ने मण्डल र बनाउने चौधरी विगत छ महिनादेखि फरार रहेका धनुषा प्रहरी उपरीक्षक गोविन्द थपलियाले द नेपालटपलाई जानकारी दिए।

 

एसपी थपलियाकाअनुसार दुवै फरार व्यक्ति प्रहरीको मोष्ट वाण्टेड सूचीमा रहेको र बुधबार गाउँ नजिकैबाट दुवै जनालाई पक्राउ गरिएको हाे ।

प्रतिक्रिया दिनुहोस्