पत्रकार महासंघले बुझायो प्रदेश आमसञ्चार ऐनको मस्यौदा



जनकपुरधाम : नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ ले प्रदेश आमसञ्चार ऐनको नमूना मस्यौदा प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ ।

नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का महासचिव किरण कुमार कर्णले बुधबार आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवलाई प्रदेश आमसंचार ऐन सम्बन्धी नमुना मस्यौदा बुझाएका हुन् । 

पत्रकार महासंघ प्रदेश समितिले बुझाएको आमसंचार ऐनको मस्यौदा २०७५ पत्रकार मैत्रीपूर्ण रहेको जनाइएको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धि विश्वव्यापी मान्यता, नेपालको संविधानको व्यवस्था र नेपालमा कार्यान्वयनमा रहेको ३ तहका सरकारको मूल मर्म अनुरुप मस्यौदा तयार गरिएको महासचिव कर्णले जानकारी दिए ।

मन्त्री यादवले नमुना मस्यौदा बुझ्दै प्रदेश सरकारले छिट्टै एकीकृत सूचना तथा संचार विधेयक निर्माण गरेर लागु गर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्