जापानी विदेश मन्त्री नेपालमा, कामदार लैजानेबारे छलफल हुने



काठमाडौं : जापानका विदेश मन्त्री तारो कोनो दुईदिने नेपाल भ्रमणका क्रममा बुधबार काठमाडौं आइपुगेका छन् ।  

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको निमन्त्रणामा कोनो नेपाल आएका हुन् । जापानी विदेश मन्त्री कोनोले नेपालमा रहँदा उच्चस्तरीय भेटघाट गर्ने र संयुक्त प्रेस सम्बोधन गर्नेछन् ।  

केही समयअघि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जापान भ्रमण गर्दा नेपालको विकास निर्माणमा थप सहयोगको आग्रह गरेका थिए । यो भ्रमणमा जापानले नेपाललाई गर्ने सहयोगसम्बन्धी विषयमा पनि छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । 

यस्तै जापानले नेपाली कामदार पनि लैजाने तयारी गरेकाले त्यस विषयमा पनि छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्