ललितपुरबाट विप्लवका दुई नेता पक्राउ



काठमाडौं : प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विप्लव समुहका दुई नेता पक्राउ परेका छन् ।

बुधबार जिल्ला प्रहरी कार्यालय ललितपुरले विप्लव समूहका दुई नेता रमेश डंगोल र संजोग भनिने शान्तमान तामाङलाई पक्राउ गरेको हो ।

पक्राउ पर्ने नेताहरु डंगोल ललितपुर जिल्ला सचिव हुने भने तामाङ युवा भातृ संगठनका जिल्ला कार्यवाहक अध्यक्ष हुन् ।

पक्राउ परेका नेतामध्ये डंगोललाई अभद्र व्यवहार गरेको कसुरमा म्याद थप गरेर विस्तृत अनुसन्धान थालिएको छ भने तामाङको भने म्याद थप गरिएको छैन । प्रहरीले उनीहरुको अन्य अपराधिक क्रियाकलापमा संलग्नता भए नभएको अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्