बाबा रामदेवले दीपिकालाई आफ्नो सल्लाहको आवश्यकता परेको बताएपछि…



एजेन्सी : बलिउड अभिनेत्री दीपिका पादुकोणलाई बाबा रामदेवले सही ज्ञान दिने बताएका छन् । उनले दीपिकाले जेएनयूमा विद्यार्थीलाई दिएको समर्थनको विषयलाई लिएर रामदेबले आफूजस्तो व्यक्तिको सल्लाहको जरुरी भएको बताएका हुन् ।

अभिनेत्री दीपिका ‘छपाक’ फिल्म चल्नुअघि जेएनयूका विद्यार्थीहरुसँग प्रदर्शनमा सहभागी भएकी थिइन् । तर, उक्त प्रदर्शनको असर उल्टो हुन पुग्यो । केहीले दीपिकाको विरोध गर्न सुरु गरेका छन् । केही नेताहरुले भने जेएनयूमा उनी सहभागी भएको विरोध नै गरेका छन् ।

यसै सन्दर्भलाई लिएर रामदेबले दीपिकालाई सामाजिक, राजनीतिक र सांस्कृतिक मुद्दामा सही ज्ञानको लागि आफूजस्तो कोही सल्लाहकार राख्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘उनी अभिनयमा पोख्त छिन् । त्यो अलग कुरा हो । तर सामाजिक, राजनीतिक र सांस्कृतिको ज्ञान हासिल गर्न उनले धेरै पढ्ने र देशलाई सम्झिन आवश्यक छ ।’ उनले त्यसको लागि दीपिकालाई आफ्नो आवश्यकता परेको बताए ।

स्वामी रामदेवले सीएएको समर्थन गर्दै भने, ‘केही व्यक्तिहरुलाई त यसको फुल फर्म पनि थाहा छैन । त्यस्ता व्यक्तिहरु पनि प्रधानमन्त्रीको विरोधमा उत्रिएका छन् र उनका लागि नराम्रो शव्दको प्रयोग गर्छन् ।’

उनले यसको पक्षमा बोल्दै प्रधानमन्त्री र गृहमन्त्री आफैले भनेका कुरामा विरोध नगर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्