थारु, मगर र छन्त्याल समुदायले यसरी मनाए टूँडिखेलमा माघी पर्व (फोटोफिचर)



काठमाडौं : माघ महिनाको पहिलो दिन आज माघे संक्रान्ती पर्व मनाएका छन् । नेपाल अनेक जातजाति र धर्म संस्कृतिले भरीपूर्ण छ । यसमा कसैको दुई मत छैन ।

माघे सकराती पर्व मगरहरूको मुख्य पर्व हो । उनीहरुले यस दिनलाई नयाँ वर्षको रुपमा पनि मनाउने गर्छन् । यस दिन मगरहरूले चेली पुज्ने र पितृलाई सम्झिने पर्वका रुपमा भव्य रुपमा मनाउने गरेका छन् ।

पछिल्लो समय उपत्यकामा रहेका मगरहरुले काठमाडौंको टूँडिखेलमा मगर संघको आयोजनामा वर्षेनी भब्य कार्यक्रम गरेर मनाउँदै आएका छन् । यस वर्ष पनि सोही क्रमलाई निरन्तरता दिँदै टूँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरेको छ ।

संघीय राजधानीको टूँडिखेलमा थारु समुदायले माघि महोत्सवको आयोजना गरी मनाएका छन् । काठमाडौंमा रहेका थारु, मगर र छन्तयाल समुदायले टूँडिखेलमा भेला भएर माघी पर्वका मनाएका हुन् ।

आफ्नो भेषभूषासहित आएका युवायुवतीले नाचगान गर्नुका साथै झाँकी प्रदर्शन गरेका थिए । टूँडिखेलमा ति समुदायको खानाको परिकार पनि राखिएको थियो ।

भौगोलिक, जातीय र सांस्कृतिक विविधता रहेको नेपालमा एकै दिन पर्ने र एउटै नामको पर्वलाई पनि भिन्नभिन्न भेग र समुदायमा भिन्नभिन्न ढंगले मनाउने प्रचलन छ । यसको उदाहरण माघे संक्रान्ति पर्व हो ।

मकर संक्रान्तिको अर्को नाम माघे संक्रान्ति । यस पर्वलाई थारु समुदायले नयाँ वर्षको रुपमा पनि मनाउने गर्छन् । मगर समुदायले मुख्य रुपमा धुमधामको साथ मनाउने यो पर्वलाई माघ्या–सेल्र्हेस पनि भनिन्छ ।

नेपालको समस्त भूभाग, हिमाल, पहाड र तराईका बसोबास गर्ने क्षेत्री, बाहुन, राई, मगर, लिम्बु, नेवार, गुरुङ, मगर आदि सबै जनजातीले माघे संक्रान्तिलाई आ–आफ्ना परम्परा, भिन्नभिन्न विशेषताका आधारमा मनाउने गरेको पाइन्छ ।

फोटो : अरविट पोखरेल

प्रतिक्रिया दिनुहोस्