देवघाटको संक्रान्ति मेलाको सुरक्षामा आएको प्रहरी भ्यान दुर्घटना



तनहुँ : प्रहरी भ्यान दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने भ्यानमा सवार अन्य ३१ प्रहरी घाइते भएका छन् ।

बुधबार साँझ तनहुँको देवघाट गाउँपालिका–५ कालिमाटीमा ३४ जना प्रहरी सवार भ्यान दुर्घटना भएको हो ।

इलाका प्रहरी कार्यालय जुगेडीका अनुसार मृत्यु हुनेमा प्रहरी जवान सन्दीप केसी रहेका छन् । घाइतेमध्ये ५ को अवस्था गम्भीर भएको प्रहरीले जनाएको छ ।

देवघाटको माघे संक्रान्ति मेलामा सुरक्षाका लागि पोखराबाट आएको बा १ ग २११८ नम्बरको गाडी फर्कने क्रममा दुर्घटनामा परेको थियो । घाइते २६ जनाको पुरानो मेडिकल कलेज भरतपुर र ५ जनाको नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्