थारु समुदायले धुमधामसँग मनाए माघी



वीरगन्ज : थारु समुदायले माघी पर्व (खिचडी) धुमधामसँग मनाएका छन् । बुधबार ‘समृद्ध राष्ट्र समृद्ध समाज निर्माणका लागि सम्पूर्ण थारु समुदाय एकजुट बनौ’ भन्ने नाराका साथ थारु समुदायको नयाँ बर्ष थारु सम्बत् २६४४ औं तथा (खिचडी) माघी पर्व सम्पन्न भएको हो ।

माघी मुल समारोह समिती पर्साले वीरगन्जमा प्रभात फेरी तथा माघी महोत्सवको आयोजना गरी धुमधामका साथ मनाएका छन् ।

वीरगन्जको घण्टाघर चोकबाट थारु पहिरन र सांंस्कृतिक झलकने झाँकी सहित निकालिएको प्रभात फेरि नगर परिक्रममा गरी आर्दशनगरस्थित स्वीमिङ्गपुलमा आयोजना गरिएको माघी महोसत्वमा परिणत भएको थियो ।

स्वीमिङ्गपुल परिसरमा आयोजित महोसत्वमा थारु समुदायको विशेष परिकारको रुपमा रहेको घोङ्गी, कैकरा, माछा, परेवा, हाँस, कुखुरा, चिचरलाई तील लगायतका स्टलहरु राखिएको थियो ।

त्यसैगरी रक्तदान कार्यक्रमको समेत आयोजना गरिएको थियो । महोसत्वमा थारु सांस्कृति झलक घाटो, सामाचकेवा, झम्टा लगायतका नाचहरु समेत प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्