प्रेमिकालाई चिया खुवाउन नसक्ने कपिलको सम्पत्ति कति ?



एजेन्सी : पछिल्लो समय निकै चर्चामा छन् कमेडियन कपिल शर्मा । कपिल शर्मालाई द कपिल सो ले एउटा नयाँ पहिचान बनाइ दियो । सन् १९८१ मा अम्रितसारमा जन्मिएका उनी आज करोडौ सम्पत्तिका मालिक बनेका छन् ।

क्याफीमा प्रेमिकालाई राम्रोसँग खुवाउन नसकेका कारण ब्रेकअप भएको बताउने कपिल हाल लक्जरिएस कारका मालिक बनेका छन् ।हिन्दु कलेजमा पढेका उनले पछि थिएटरमा काम गर्न थालेका थिए । तर, सन् २००४ मा उनको पिताको क्यानसरका कारण उनको मृत्यु भएको थियो । पिताको मृत्यु पश्चात उनको काँधमा सबै जिम्मेवारी आएको थियो ।

सन् २००५ मा उनले ब्रेक पाएका थिए । उनले एमएच–१ मा ‘हाँस्दे हसाँते राओ’मा काम पाएका थिए । सन् २००७ मा उनले लाफ्टर च्यालेन्जको पहिलो अडिसनमा असफलता भोग्नु पर्यो । तर, अर्को सिजन भने उनले उक्त प्रतिस्पर्धा जित्दै १० लाख जितेका थिए ।

सन् २०१६ को तथ्याङ मान्ने हो भने उनको आम्दानी ६।६ मिलियन डलर रहेको थियो । उनको कुल सम्पत्ति १४।७–२२ मिलियन डलर रहेको छ ।सन् २०१७ को आम्दानीको हेर्ने हो भने उनले ‘द कपिल सो’ का लागि सोनी च्यानलसँग ११० करोड भारतीय रुपैयाँको सम्झौता गरेका छन्।

उनको डिएलएच इन्क्लेभ फ्ल्याट, ओसिवारा लिंक रोडमा, मुम्बइमा रहेको छ । यसको मुल्य २।२ मिलियन डलर रहेको छ ।अफिस, भेरसोभा एमएचएडिए जुन निर्माणधिन रहेको छ । यसको मुल्य ४ करोड भारतीय रुपैयाँ रहेको छ ।

शान्तिबन बिलडिङ, अन्धेरी, मुम्बइ– यो बिलडिङ उनले सन् २०१० मा किनेका थिए ।एडिटिङ स्टुडियो, लोटस बिजनेश पार्क, अधेरी ।पन्जावमा उनले केही जमिन समेत किनेको केही मिडिया रिपोर्टले उल्लेख गरेका छन् ।

कारहरु:

ल्याण्डरोभर रेन्ज रोभर इभोक्यु–८२ लाख भारतीय रुपैयाँ

मर्सिटिज बेन्ज एस३५० सिडिआइ–१.४५ करोड भारतीय रुपैयाँ

प्रतिक्रिया दिनुहोस्