प्रतिकिलाे ७ रुपैयाँ बढ्याे चिनीकाे मूल्य



काठमाडौं : सरकारले उद्योगीको मागअनुसार आयातित चिनीमा कडाइ गर्न भन्सार महसुल बढाए पनि चिनी उद्योगीले त्यसको फाइदा उठाउँदै फेरि मूल्य बढाएका छन् । 

उपभोक्तालाई भार पर्नेगरी चिनी उद्योगीले फ्याक्ट्री मूल्य नै प्रतिकिलो सात रुपैयाँ बढाएका हुन् । नेपाल चिनी उद्योग संघका अनुसार यो वर्ष चिनीको फ्याक्ट्री मूल्य किलोको ७८ रुपैयाँ १० पैसा निर्धारण गरिएको छ ।

गत वर्षको तुलनामा मूल्य ६ रुपैयाँ ९१ पैसा बढी हो । उपभोक्तासम्म पुग्दा चिनीको मूल्य ८५ देखि ९० रुपैयाँ पर्छ । सरकारले उखुको मूल्य नबढाए पनि उद्योगीले चिनी आयातमा प्रतिबन्ध लागेको मौका छोपेर भाउ बढाउने निर्णय गरेका हुन् । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्