शिशु जन्माई मारी फालेको आरोपमा एक जना महिला पक्राउ


सप्तरी : सप्तरीमा शिशु हत्या गरेको आरोपमा एक महिलालाई पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाइएको छ ।

सप्तरीको रुपनी गाउँपालिका–३ मा नवजात शिशु जन्माई मारी फालेको घटनाको आरोपमा २५ वर्षीया ती महिलालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए ।

महिलाको नाम भने प्रहरीले खुलाएको छैन । हत्याको झण्डै एक महिनापछि प्रहरी अनुसन्धानबाट आमा नै दोषी देखिएपछि प्रहरीले उनलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दाको उजूरी दर्ता गरी थप अनुसन्धान थालिएको उनले बताए ।

रूपनी गाउँपालिका–३ हर्दियास्थित तिलेश्वर साहको पोखरीमा मङ्सिर २८ गते माछा मार्न स्थानीयवासीले हालेको जालमा बालिका शिशुको शव फेला परेको थियो । अवैध गर्भबाट छोरी जन्मिएका कारण हत्या गरी फालिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

दुई छोराकी आमासमेत रहेकी ती महिलाको श्रीमान् वैदेशिक रोजगारका लागि मलेशियामा रहेको जनाइएको छ । –रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : कुवेतमा थप एक नेपाली कोरोनाभाइरस (कोभिड–१९)बाट संक्रमित भएका छन् । कुवेतको स्वास्थ्य मन्त्रालयले

जनकपुरधाम : प्रदेश २ मा बुधबार दिउँसोसम्म १ सय ४० जना कोरोना भाइरसका शंकास्पद व्यक्तिहरुको

काठमाडौंः नेपालमा कोरोनाभाइरस फेला परेको तेस्रो व्यक्तिसँगै गत चैत ४ गते दुबईबाट एयर अरेबिया एयरलाइन्सको

काठमाडौं : नेपाल पत्रकार महासङ्घले खोटाङ शाखाका सचिव उत्तम चौलागाईलाई प्रकाशित समाचारका विषयलाई लिएर नेपाली

बुटवाल : चैत १६ गते बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएका बाबुराम थापको शव

काठमाडौं : नेपालमा अहिलेसम्म २ हजार ३ सय ६६ जनाको कोरोना भाइरसको परीक्षण गरिएको छ।

विराटनगर : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरस संक्रमणका शंकास्पद बिरामीको स्वाब नमुना

काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले जगदम्बाका सुलभ अग्रवाललाई सात दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान

काठमाडौं : विश्वभर कोरोना भाइरसका कारण अहिलेसम्म ८२ हजार १४८ जनाको ज्यान गईसकेको छ। यो

काठमाडौं : कोरोना भाइरसका कारण लोक सेवा आयोगले वैशाख‌ १ देखि ‌सञ्चालन हुने‌ परीक्षा अनिश्चिकालका

काठमाडौं : दिवङ्गत पितृको सद्गतिको कामना गर्दै बौद्ध चैत्यमा दीप प्रज्वलन गर्ने तामाङ समुदायको पर्व

बाजुरा : अछाम जिल्लाको मेल्लेख गाउँपालिका र बाजुरा जिल्लाको बुढिगंगा नगरपालिका जोड्ने बुढिगंगा नदीको पुल