काठमाडौंको ढुंगेधारामा बम विस्फोट



काठमाडौं : काठमाडौंको ढुंगेधारामा बम विस्फोट भएको छ ।

बुधबार साँझ ढुंगेधारामा बालुवाटारको ललितानिवास जग्गा प्रकरणका नाईके भनेर चिनिएका शोभाकान्त ढकालको घरमा बम विस्फोट भएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले बम विस्फोट भएको बताए । बम विस्फोटबारे प्रहरी थप अनुसन्धानको लागि घटनास्थलतर्फ गइरहेको एसएसपी सुवेदीले जानकारी दिए ।

बम प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विप्लव समूहले विस्फोटको जिम्मा लिएको छ ।

प्रहरीका अनुसार विस्फोटमा घरको शिशा फुटेको छ भने पार्किङ गरेर राखेको गाडी गेटमा पनि क्षति भएको छ ।

प्रतिक्रिया दिनुहोस्