१० घण्टामा श्रीमान श्रीमतीको मृत्यु , मलामीले घरमा पुगेर नुहाउन समेत भ्याएनन्



काठमाडौं: मानिस जन्मदै मृत्यु लेखिएको हुन्छ भन्ने धर्मशास्त्रमा उल्लेख भएका कुरा स्वीकानै पर्छ । यो कसैले टार्न र सार्न नसक्ने ध्रुब सत्य कुरा हो । बिज्ञान प्रविधिको विकाससँगै जन्मने दिन र समय समेत एकीन गर्न सकिन्छ तर मृत्यु कसैले जान्दैन । अझ घटना, दुर्घटनामा एकै परिवारक धेरै सदस्य या श्रीमान् श्रीमती पर्नुलाई भवितब्यको संज्ञा दिईन्छ । कालगतिले नै श्रीमान् श्रीमती एकैदिनमा मृत्यु हुनुलाई कसरी लिने ।

 

हो पत्याउनै नसकिने दुःखद अवस्था नयाँबानेश्वर निवासी शर्मा परिवारमा पुष २४ गते मंगलबार १० घण्टाको फरकमा परेको छ । यो परिवारमा एउटा लाश दाहसस्कार गरेर नसक्दै अर्को लाश परेको दुःखद क्षणमा मलामीले काँध सेलाउन नपाउँदै अक्रो लाश बोक्नु परेको थियो । मलामीले पिताको अन्त्यष्टि गरेर घरफर्किएका क्रियापुत्रीलाई घरमा भित्र्याउनै नपाउँदै अर्को लाश बोकेर जानुपर्दाको क्षण निकै पिडादायि र कसैले नसोचेको घटना हुन पुग्यो ।

 

शर्मा परिवारमा परेको यो एउटा दुःखद र वियोगान्त घटना आयो टप्प टिप्यो लग्यो टारेर टर्दैन त्यो भन्ने पंक्तिलाई सार्थक बनाउँदै सन्तानका लागि चीरकाल सम्म ठूलो बज्रपात बनाएको छ । नियमित जस्तै सोमबार साँझ ८५ बर्षिय रामगोविन्द शर्मा र उनका सपरिवार खाना खाएर सुतेका हुन् । एक्कासी मध्येरातमा रामगोविन्दलाई छातीमा अप्ठ्यारो भयो भने लगत्तै उनका छोराहरु महेश र उमेश शर्माले एभरेष्ट अस्पतालको आकस्मिक कक्षमा पुगी चिकित्सकले परिक्षण गर्नासाथै मृत घोषणा गरिदिए । उपचारमा संलग्न चिकित्सकले उनको अस्पताल पुग्नु अघि नै मृत्यु भैसकेको घोषणा गरिदिए । नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्