अभिनेत्री प्रियंका सौन्दर्य र फिटनेस हुनुको रहस्य



काठमाडौं : बलिउड अभिनेत्री प्रियंका चोपडा आफ्नो सौन्दर्यलाई मात्र नभई फिटनेसलाई पनि विशेष ध्यान दिन्छिन् । प्रियंकाको चार्म र फिटनेसको चर्चा बलिउडदेखि हलिउडसम्म चल्ने गर्छ । हालै एक अन्तर्वार्तामा प्रिंयकाले आफू फिट रहनको लागि कस्तो डाइट योजना बनाउँछु भन्नेबारे बताइन् ।

एक अन्तर्वार्ताको क्रममा प्रियंकाले आफू खानाको ज्यादै सौखिन भएको बताइन् । उनी सधैं ब्रेकफास्टमा लच्नको कुरा गर्छिन् र लन्चमा डिनरको मेन्युबारे कुरा गर्छिन् ।

जब प्रियंका नयाँ देशमा जान्छिन् तब सबैभन्दा पहिले उनी मन परेको खाना खाने राम्रो रेस्टुरेन्टमा जान्छिन् । यसको प्रभाव धेरै पटक उनको शरीरमा देखा परेको छ ।

विशेषगरी दिवाली र क्रिसमसको बेलामा आफ्नो तौल बढ्ने प्रियंकाले बताइन्। यसपछि जनवरी, फेब्रेवरी र मार्चसम्म उनी आफ्नो वजन कम गराउनमा खर्चिन्छिन्।

प्रियंकाले आफू फिट रहनको लागि हप्तामा कम्तिमा ३ दिन बिहान उठेर वर्कआउटको प्रयास गर्ने बताइन् । उनले आफू कहिल्यै स्पिकिङ र कार्डियो गर्न नभुल्ने बताइन् ।

प्रियंका बिहान ब्रेकफास्टमा अण्डा र टोस्टको साथ अमलेट वा एवोकाडो लिन्छिन् । उनी इण्डियामा रहँदा सबैभन्दा धेरै पराठा खान्छिन् ।

प्रियंका आफूलाई घरको खाना धेरै मन पर्ने बताउँछिन् । जब उनी इण्डियामा हुन्छिन् तब लन्चमा घरकै खाना खाने प्रयास गर्छिन्। किनकि अमेरिकामा उनलाई घरको खाना मिल्छ तर त्यो सधैं डब्बामा मात्र आउँछ। जुन ताजा हुँदैन ।

प्रियंकाले बताएअनुसार उनलाई साउथ इण्डियन खाना धेरै मनपर्छ । डोसा, फिस करी, दही राइस । यसका साथै उनी पानी पनि धेरै पिउने गर्छिन् ।

प्रियंका आजकाल नाचनी रोटी (चामल र गहुँबाट बनाइएको) खाइरहेकी छन् । किनकि यो निकै स्वस्थवर्द्धक र रुचीकर पनि छ । यसका साथ उनी भिंडी, दाल, आलू गोभी लगायतका सब्जी खान्छिन् । खानाको साथ प्रियंका सधैं दही, सलाद र अचार नछुटाइ खान्छिन् । डिनरमा प्रियंका सुरुवातमा सधैं सुप पिउँछिन् ।

प्रतिक्रिया दिनुहोस्