‘मुम्बइकी लेडी डन’ आलिया



काठमाडौं : सञ्जयलीला भन्सालीको फिल्म ‘गंगूबाई काठियावाडी’ को फस्ट लुक सार्वजनिक भएको छ । फिल्मको मुख्य भूमिकामा छिन् नायिका आलिया भट्ट ।

आलियाले आफ्नो सोसल मिडियामा यसको पोस्टर सेयर गरेकी छन् । फिल्म २०२० को सिप्टेम्बरमा रिलीज हुने भएको छ ।

हुसैंन जैदीको पुस्तक ‘माफिया क्वीन्स अफ मुम्बइ’ मा आधारित फिल्ममा डन गंगूबाइको कथा देखाइने छ । गंगूबाई ६० को दशकमा मुम्बई माफियाको ठूलो नाम थियो । उनलाई श्रीमानले पाँच सय रुपैयामा कोठीमा बेचेका थिए । त्यसपछि उनले यौंन व्यवसायलाई अंगालेकी थिइन् । यसै कथाको सेरोफेरोमा फिल्म निर्माण हुँदै छ ।

फिल्ममा आलिया भट्ट बाहेक अजय देवगनको पनि अभिनय छ । फिल्मको लागि आलिया गुजराती थिएटरमा काठियावाडी सिक्दै छिन् । फिल्मको निर्माताका रुपमा भन्साली र जयन्तीलाल गढा छन् । नयाँपत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्