कक्षा १२ पास नगर्नेलाई गाउँपालिकाको सेवा रोक्का



रोल्पा : सुनिल गाउँपालिकाले महत्त्वकांक्षी योजना ल्याएको छ । आफ्नो क्षेत्रको शैक्षिक स्तर सुधारका लागि भन्दै उक्त गाउँपालिकाले कक्षा १२ उत्तीर्ण नगर्ने विद्यार्थीलाई आफ्नो कार्यालयबाट प्रवाह हुने सेवाबाट वञ्चित गर्ने निर्णय गरको हो । 

‘अब यस गाउँपालिकाभित्र अध्ययन गर्ने हरेक विद्यार्थीले अनिवार्य रुपमा कक्षा १२ उत्तीर्ण गर्नुपर्नेछ । यदि बीचमै पढाइ छाडेको पाइए गाउँपालिकाबाट प्रदान गरिने सम्पूर्ण सेवा सुविधा कटौती गर्नेछौं,’ गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीते भने । 

यदि कोही घरको आर्थिक अवस्था कमजोर भएका कारण पढ्न नसक्ने छ भने उसका वडा वा गाउँपालिका कार्यालयमा निवेदन दिए कक्षा १२ सम्म पढाउने जिम्मा आफूहरुले लिने अध्यक्ष घर्ती बताएका छन् । 

प्रत्येक वडामा कक्षा १२ सम्म विद्यालय सञ्चालन गर्ने तथा गाउँपालिकाभित्र एउटा क्याम्पस स्थापना गर्ने तयारी भइरहेको स्मृति गाउँपालिकाले जनाएको छ । आजको नागरिक दैनिकमा समाचार छ । 

प्रतिक्रिया दिनुहोस्