भारतीय कमेडियन शर्माले सार्वजनिक गरे छोरी अनेराको तस्वीर



एजेन्सी : भारतीय कमेडियन कपिल शर्माले छोरीको तस्वीर सामाजिक सञ्जाल ट्वीटमार्फत सार्वजनिक गरेका छन् ।

बुबा बनेको एक महिना पाँच दिनपछि शर्माले छोरीको तस्वीर सार्वजनिक गरेका हुन् ।

गत डिसेम्बर १० का दिन शर्माकी श्रीमती गिन्नी चतर्थले छोरीलाई जन्म दिएकी थिइन् । तर, कपिलले छोरीको तस्वीर भने कतै सार्वजनिक गरेका थिएनन् ।

उनले हिजो (बुधबार) ट्वीटमार्फत छोरी अनेराको फोटो सार्वजनिक गरे ।

ट्वीटरमा छोरी बोकेको फोटो पोष्ट गर्दै भारतीय कमेडियन शर्माले लेखेका छन्– ‘हाम्री मुटुको टुक्रासँग भेट्नुस् ।’ उनले सोही ट्वीटमार्फत् छोरीको नाम पनि सार्वजनिक गरेका हुन् ।

कपिल र गिन्नीको विवाह १२ डिसेम्बर २०१८ मा जलन्दरमा भएको थियो । पछिल्लो समय कपिल शर्मा सोनी टिभिमा प्रसारण हुने ‘दि कपिल शर्मा सो’ होस्ट गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्