नेपाली जडिबुटीमा भारतको अंकुश



काठमाडौं : नेपालबाट भारत तथा तेस्रो मुलुक निकासी  हुने जडिबुटीलाई विभिन्न बहाना गर्दै रोक लगिाउँदा व्यवसायी मारमा परेका छन् । 

ट्रान्जिट परमिटका कारण अनेकोँ झमेला थोपर्दै आएको भारतले पछिल्लो समय  ‘सूचीकृत’ भन्दा अन्य जडिबुटी निर्यातमा राक लगाएको हो । 

एक महिनायता रूपैडियाको भारतीय कस्टमले सूचीकृतभन्दा अन्य जडिबुटी भारत लैजान रोक लगाएपछि ठूलो परिमाणमा नेपाली जडिबुटी गोदाममा थन्किएको वयवसायीको गसनासो छ । 

जडिबुटीका प्रमुख निर्यातकर्ता नेपाल हर्ब प्रोसेसिङ प्लान्ट उद्योगका सञ्चालक तथा नेपाल जडिबुटी व्यवसायी संघका उपाध्यक्ष शकिल अहमद जसगढले भारतले रूपैडिया नाकाबाट जडिबुटी निकासा गर्दा पहिलेदेखि नै अंकुश लगाउने गरेको बताए । 

‘भारतमा सूचीकृत नेपाली जडिबुटीको संख्या मुस्किलले २० वटा छ तर अन्य जडिबुटीको संख्या ५० देखि एक सयसम्म छ’, उनले भने । 

सूचीमा नपरेका कुरिलो, चिराइतो, पदमचालजस्ता धेरै जडिबुटी निकसी हुन पाएका छैनन् । सूचीमा परेका जडिबुटी एक महिनादेखि निकासी हुन नपाउँदा नेपालगञ्ज गोदाममै थन्किएर रहेको व्यवसायीको गुनासो छ । आजको राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्