पाण्डेको डकुमेन्ट्री सहायक श्रीमान अन्तराष्ट्रिय चलचित्र महोत्सवमा छनौट



काठमाडौं : नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा डकुमेन्ट्रीतर्फको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालबाट हाम्रो फिल्म सहायक मात्रै छनौट भएको छ ।

उक्त विषयको आज बिहिबार पत्रकार सम्मेलनमार्फ़त घोषणा सहायक श्रीमान सहित अन्य फिल्मको छनौट गरेको आयोजक कमिटीका अध्यक्ष केपी पाठकले बताए । यस महोत्सवमा विभिन्न देशका विभिन्न फिल्महरुको प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

यसअघि भाग्यले बचेकाहरु जस्तो चर्चित डकुमेन्ट्री निर्माण गरेका निर्माता निर्देशक एवं युवा व्यवसायी एवम् पत्रकार गणेश पाण्डेले आफ्नो फेसबुकमार्फैत खुसी साटेका छन् ।

महोत्सव आउदो फागुन १ देखि ५ गतेसम्म काठमाडौंमा हुन लागेको छ । नेपालको हिमाली क्षेत्रमा सहायक श्रीमान राख्ने प्रचलन रहेको छ । सोही विषयबस्तुलाई डकुमेन्ट्रीमा उतारिएको छ ।

प्रतिक्रिया दिनुहोस्